भारत कोरोना संक्रमितको शीर्ष दश मुलुकमा

अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख मानिसको मृत्यु

  नयाँ बुलन्द
0 Shares

काठमाडौं, जेठ १२ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको छ । विश्वभर ३ लाख ४६ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा एक लाख व्यक्तिको मृत्यु भएको हो ।

त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख ८६ हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी न्यूयोर्कमा २३ हजार व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी न्यूजर्सीमा ११ हजार, म्यासाचेसेट्समा ६३ सय, ईलिनसमा ४७ सय, क्यालिफोर्नियामा ३७ सय व्यक्तिको मृत्यु भएको छ ।

यता नेपालको दक्षिणी छिमेकी भारत सबैभन्दा बढी संक्रमित हुने शीर्ष दश मुलुकको क्लवमा छिरेको छ । भारतमा संक्रमितको संख्या १ लाख ३८ हजार नाघेको छ । त्यहाँ मृतकको संख्या ४ हजार नाघेको छ ।

विश्वभर संक्रमितको संख्या करिब ५५ लाख छन् । कोरोना संक्रमणबाट संसारभर २३ लाख व्यक्ति निको भएका छन् ।

सबैभन्दा बढी संक्रमितमा दोस्रो स्थानमा रहेको ब्राजिलमा ३ लाख ६३ हजार नाघेको छ । त्यहाँ २२ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । रुसमा ३ लाख ४४ हजार संक्रमित हुँदा त्यहाँ मृतक ३५ सय रहेको छ ।

स्पेनमा संक्रमित २ लाख ८२ हजार नाघ्दा मृतक भने २८ हजार ७ सय नाघेको छ । बेलायतमा २ लाख ५९ हजार नाघ्दा मृतक ३६ हजार ७ सय नाघेको छ । इटालीमा २ लाख २९ हजार संक्रमित र ३२ हजार ७ सय व्यक्तिको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ८२ हजार संक्रमित र २८ हजार ३ सय व्यक्तिको मृत्यु भएको छ । जर्मनीमा १ लाख ८० हजार संक्रमित हुँदा ८ हजार ३ सयको मृत्यु भएको छ । टर्कीमा १ लाख ५६ हजार संक्रमित हुँदा मृतक ४३ सय नाघेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार