मन्त्री भएको एक महिना नपुग्दै ब्राजिलका स्वास्थ्यमन्त्री नेल्सन तेइचद्वारा राजीनामा

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : ब्राजिलका स्वास्थ्य मन्त्री नेल्सन तेइचले पदबाट राजीनामा दिएका छन् ।

कोरोना भाइरसको महामारीविरुद्ध सरकारले गरिरहेका काममा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बीबीसीले जनाएको छ । कोरोना नियन्त्रणमा भइरहेका काममा चित्त नबुझेपछि स्वास्थ्यमन्त्री नेल्सन तेइचले जिम्मेवारी सम्हालेको झण्डै एक महिनामा नै राजीनामा दिएका खबरमा उल्लेख छ ।

उनले कोरोना भाइरसको महामारीकाबीच राष्ट्रपति जायर बोल्सोनारोले जिम र ब्यूटीपार्लर खुलाउने निर्णय गरेपछि असन्तुष्टि जनाएका थिए । तर उनले पत्रकार सम्मेलनमा आफ्नो राजीनामाबारे केही पनि खुलाएका छैनन् ।

राष्ट्रपति जायर बोल्सोनारो लकडाउनको विपक्षमा छन् । तर स्वास्थ्यमन्त्री नेल्सनको यसमा असहमति रहेको खबरमा उल्लेख छ । गएको मार्च १५ मा राष्ट्रपति जायर बोल्सोनारोले स्वास्थ्यमन्त्री लुइज हेनरिके मान्देतालाई बर्खास्त गरी नेल्सनलाई स्वास्थ्यमन्त्री बनाएका थिए ।

तर नेल्सन पनि उनको नीतिमा असन्तुष्टि हुँदै बाहिरिएका छन् । ब्राजिलमा अहिलेसम्म २ लाख १८ हजार २ सय २३ जना सङ्क्रमित छन् भने १४ हजार ८ सय १७ जनाको ज्यान गएको छ ।

तपाई हामीलाई सामाजिक सञ्जाल फेसबुकयुट्युव र ट्वीटरमा पनि पच्छ्याउन सक्नुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार