बुबालाई सम्झँदा !

  दीपक बोहोरा  132 पटक हेरिएको

म सानो हुदाँ बुवा संसारको सबै भन्दा शत्तिशाली ब्याक्ती लाग्थ्यो मलाइ । संसारमा मेरो बुवा जति शत्तिशाली ब्याक्ती कोहि छैन भन्ने महशुस हुन्थीयो । बुबाको हात समाउदै बुबाको पछी लागेर बाल्यकालको करिब आँठ वर्ष बुबाको हात समाउदै बुबाको अगाडी पछाडी हिडेको कुरा अहिले सम्झन्छु ।

अखिर बुवा भनेको गौरब पनि रहेछ । आज कसैले फलनाको छोरा होइन भनेर सोध्दा मलाइ आफु खुब भाग्यमानि रहेको महशुस हुन्छ । बुढेशकालको छोरा भएर पनि होला बुुवाको माया बढीनै पाएको महसुश हुन्छ मलाई । बुबा र मेरो उमेर ६४ वर्षको फरक छ । यानिकी बुवा ६४ वर्षको हुँदा मेरो जन्म भएको हो । मेरो भाइ र बुवा उमेर ७२ वर्षको फरक छ । बुढेशकालको हामि दुई सन्तान । भाइ र म मलाइ याद छ बुबाले घरमा कालोपाटी बनाएर मलाइ कखरा पढाउनु भयो । पछि मलाइ जसरी कखरा पढाउनु भयो भाइलाई पनि त्यसरीनै कखरा पढाउनु भयो । भाइ र मेरो पहिलो गुरु मेरा पिताजी नै हो । म सानो छदाँ बुबाले अरु मान्छेहरु संग कुरा गरेको सुन्थे छोरा दिपकलाई एस.एल. सि गराउन पाउँछु कि पाउदिन दिनदिनै बुढो हुदैछु । यो सुनेर मेरो कलिलो मानशपटलमा धेरै कुराहरु खेल्ने गर्थियो । के बुवाले छाडेर जाने बेला भकोनै होत ? दिमागमा यस्ता अनैकै प्रश्नहरुले डेरा जमाएर बस्ने गरेको थियो । तर बुवाले मज्जाले मलाइ एस.एल. सि गराउनु भयो,त्यसै गरी प्लसटु र ब्याचलर पनि ।

अहिले सम्झन्छु आफुलाइ रित्ताएर आफ्ना सन्तानकै लागीमात्र सोच्दा रहेछन आफ्ना बुवा र आमाले । आफ्नो बुढोभएको शरिर भन्दा छोराहरुको भबिष्यको चिन्तामात्र रहिरेको रहेछ बुवालाई । बुवाको काध मलाइ संसारको सबै भन्दा प्रिय लाग्छ । यहि काध आफ्ना सन्तानको भविष्यको लागी पिल्साउदा पिल्साउदै आफ्ना अनेकै रहरहरुलाइ तिलाञ्जली दिएका हुन्छन सबै बुवाहरुले । अहिले जब मेरो बोझमा भारी हुन्छ तब म सधैं मेरो बुबालाई सम्झन्छु । बुवाहरुले कहिले आफ्ना सन्तानहरुलाइ कहिलो ठुलो बोझ बोक्न दिएका हुदैन्न । बुवा जुन मेरो जीवन छ, मैले यो तपाईबाट प्राप्त गरेको छु । मैले जुन काम गर्दैछु मैले त्यो तपाईबाट सिकेको छु । तपाईं जीवनको हरेक क्षणमा मेरो छायाँ हुनुभएको छ । जब तपाईं मलाई आफ्नो दैनिक जीवनयापनको क्रममा आफनो छातीमा टाँस्नुहुन्थ्यो, म आफूलाई सुरक्षित महसुस गर्थे । मेरो प्रतिष्ठा, मेरो प्रसिद्धि, मेरो स्थान, मेरो साहस र मेरो विश्वास सबथोकमा तँपाइनै हुनुहुन्थीयो ।

तपाई मेरो भाग्य हो ,तपाईं भीडमा मेरो एकमात्र आर्दश हुनुहुन्छ । तपाईं मेरा भगवान हुनुहुन्छ । बुबाको आशिषले मलाइ आनन्दित बनाउन्थीयो । तँपाइ भगवान भएर नै होला आज हामिबाट टाढा हुनुहुन्छ । टाढा भएको पनि आजको दिन २ वर्ष भएको छ । बुवा तँपाइ भग्वान भएरनै त होला टाढा हुनुभएको भगवान र मान्छे कहाँ संगै हुन्छ र ? बुवा अब मसंग केवल शब्दहरु मात्र छन् । यि शब्दकोषमा भएका हजारै शब्दहरुले तँपाइको सम्मान गर्न सक्दैन । केबल केहि शब्द हजुरको सम्झनामा ।

उहि तँपाइको छोरो दिपक……………. २०७६ मंसिर २०

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार