दक्षिण कोरियाको सातौं अधिवेशनमा युवा संयोजक पदको लागि थेगिमको उम्मेदवारी

  युद्धबहादुर बोहोरा
0 Shares

इलाम : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको सातौँ अधिवेशनका लागि टीका थेगिम सुब्बाले युवा संयोजक पदमाउम्मेदवारी दिएका छन् ।

किरात याक्थुङ चुम्लुङ कोरियाका सल्लाहकार तथा निवर्तमान कोषाध्यक्ष र इलामेली सेवा समाजका सल्लाहकार समेत रहेका थेगिमले आसन्न एनआरएन कोरियाको सेप्टेम्बर २१ र २२ हुने अधिवेशनका लागि यूवा संयोजकमा उम्मेद्बारी दिएका छन् ।

सन २०१० मा कोरिया प्रवेश गरेका थेगिम आफू यस पदको लागि सक्षम व्यक्ति रहेको दावी गर्दै आफुलाइ जिताउन अपिल गरेका छन्। यदि आफ्नो जित भएको खण्डमा आफ्नो प्रतिबद्धता पुरा गर्न एजेण्डाहरु अघि सारेका छन् ।

युवा एकता र शसक्तिकरणको अभियान चलाउने, संस्थागत सुदृढ़ीकरणमा जोड दिने, मजदुर, विद्यार्थी मैत्री साझा मंच निर्माण गर्ने, नेपाल भ्रमण वर्ष २०२० का लागि महत्वपूर्ण भुमिका निर्वाह गर्ने लगायतका अग्रगामी योजना तय गरेको उनले जानकारी दिए ।

अधिवेशनमा तीन अध्यक्ष, आठ उपाध्यक्ष, दुई महासचिवमा,तीन सचिव र तीन कोषाध्यक्ष पदको लागि उम्मेदवारी परेका छन् । त्यस्तै सह-कोषाध्यक्षमा एक जनाको मात्र उम्मेदवारी परेको छ भने युवा संयोजकत्वमा तीन जनाको रहेको छ । त्यस्तै महिला संयोजकमा एक र आईसीसी सदस्यमा दुई जनाको उम्मेदवारी परेका छन् ।

सदस्यमा भने छ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले सार्वजनिक गरेको छ । जम्मा ३२ जनाको उम्मेदवारी परेका छन् । उम्मेदवारी अनुसर आईसीसी सदस्यमा वर्तमान अध्यक्ष लक्ष्मी गुरूङ र ओम नारायण जुग्जालीको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि विपिन कुमार गुरूङ, बुद्धि गुरूङ र यज्ञराज सुवेदीले उम्मेदवारी दिएका छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा दिपक पुन र अमृत राईको उम्मेदवारी छ भने उपाध्यक्षका लागि अम्बिका डिसी पार्क, सोमबहादुर तामाङ, सन्जिवकुमार राई, सुरेश खत्री, यदु लामिछाने, इश्वरीबहादुर रोकायाका छन् । त्यस्तै महासचिवमा धर्मराज जोशी र बिमल सुवेदीको उम्मेदवारी छन् । सचिवमा किशोर कोइराला, रोशन भट्टराई, राजकुमार स्याङतानको रहेको छ ।

त्यस्तै कोषाध्यक्षमा चन्द्र राना, कुन्साङ शेर्पा, संगीता कुवँरको परेका छन् भने सहकोषाध्यक्षमा सन्तोष खड्काको परेको छ । युवा संयोजकमा टिका थेगिम (सुब्बा),अरूण श्रेष्ठ,अभिषेक सापकोटा र महिला संयोजकमा शुभद्रा पालुङ्वाले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा दिनेश चौलागाइ, उमेश पोख्रेल, ओमबहादुर, सुवास चन्द्र चौधरी,अभिषेककुमार चौरासिया, बिश्वमणी दाहालको रहेको छ । अधिवेशनमा चुनाव अनलाइन तथा इलेक्ट्रोनिक विधिबाट हुने बताएको छ ।

यसअघि समितिले निर्वाचन आचार संहिता, निर्वाचन कार्यतालिका सार्वजानिक गरेको थियो । एनआरएनएले करिब एक महिना भन्दा बढी समय सम्म लागि परेर भरेका पंञ्जीकृत सदस्य फरामबाट २०१९/२०२१ को सदस्य संख्या दुई हजार आठ सय ६९ जनाको नामवाली सार्वजानिक गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार