इलाम सेवा समाज, दोहाकाे एक दिवशीय आधारभुत कार्यशाला कार्यक्रम  सम्पन्न

  नयाँ बुलन्द  251 पटक हेरिएको

दोहा : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सम्पुर्ण इलामेलीहरुको साझा संस्थाको रुपमा रहेकाे इलाम सेवा समाज, दोहाले एक दिवशीय आधारभुत कार्यशाला कार्यक्रम  सम्पन्न गरेको छ ।

सन् २०१५ मा कतारमा स्थापित संस्था इलाम सेवा समाज, दोहा– कतारद्धारा गत २९ जुन २०१८ को महाधिवेसनबाट अनुमोदन गरिएका वार्षिक कार्यक्रमहरुमध्ये व्यक्तित्व तथा संस्थागत विकास विषयक एक दिवशीय आधारभुत कार्यशाला गत शुक्रबारका दिन दोहा कतारस्थीत गोर्खा नेपाली रेष्टुरेण्टमा सम्पन्न गरिएको हो ।

संस्थाका कार्यसमिति सदस्यहरु तथा सक्रिय सदस्यहरुलाई व्यक्तित्व विकास तथा संस्थागत विकासबारे आधारभुत जानकारी दिदै संस्थाका सम्पुर्ण सदस्यहरुलाई सक्रिय बनाउँदै संस्थाको विकास गर्ने मुख्य उद्देश्य लिएर आयोजना गरिएको कार्यशालामा व्यक्तित्व विकास एवम् संस्थागत विकाससँग सम्बन्धित विषयवस्तुहरुमाथि सहजीकरण गर्दै सम्पन्न भएको थियो ।

उक्त कार्यशालामा इलाम सेवा समाज, दोहा–कतारका अध्यक्ष  सन्तोष वान्तवा राई, संस्थाका सल्लाहकार संयोजक  धनबहादुर विश्वकर्मा, सल्लाहकार  प्रेम सागर सुवेदी, कोषाध्यक्ष  तोरण बस्नेत, सल्लाहकार एवम् इलामेली प्रवासी वहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष राजु देवान, संस्थाका कार्यसमिति सदस्य  सुवास निरौलाले सहजीकरण गरेको उक्त कार्यशालालाई संस्थाकी उपाध्यक्ष  रिता आचार्य (सिम्रान)को संयोजकत्व रहेको थियो ।

प्रतिवेदक, मुल्याङ्कन एवम् सचेतकको भुमिकामा संस्थाको कार्यसमिति सदस्यहरु श्री अनिल आचार्य, कुबेर अधिकारी र सक्रिय सदस्य  सुनिता भट्टराई उपाध्यायले गरेका थिए ।

३० जना इलामेलीहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यशाला उद्घाटन तथा समापन कार्यक्रमलाई इलाम सेवा
समाज, दोहा–कतारका अध्यक्ष सन्तोष वान्तवा राईले अध्यक्षता गरे भने कार्यक्रमको संचालन संस्थाका महासचिव ज्ञानेन्द्र रसाइली र सचिव मनकुमार योङ्गहाङ्गले संयुक्तरुपमा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार