चुलाचुलीमा सात दिने च्याउ खेती तालिम

  चेतन आङथुपो
0 Shares

चुलाचुली : इलामको दक्षिणी चुलाचुली गाउँपालिका ४ नम्बर वडाको  प्रगतिटाेलमा सात दिने च्याउ खेती तालिम सकिएको छ ।

घरेलु तथा साना उधाेग विकास समिति इलामले आयाेजना गरेको तालिममा १६ जनाले तालिममा सहभागीता जनाएका थिए ।

चुलाचुली गाउँपालिकाकाे सहयोग समेत रहेका तालिमकाे सहजकर्ता च्याउ पकेट संचालन समितिकाे अध्यक्ष हेमकुमार लिम्बूले गरेका थिए ।

पंचबुद्ध मेमोरियल बाेर्डिङ स्कुलमा आयाेजित समापन कार्यक्रममा संयाेजकद्वारा तालिममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेकाे थियाे ।

कार्यक्रममा पुर्व वडाअध्यक्ष धन प्रसाद दुलाल, प्रगति टाेल अध्यक्ष रूकमन राई, घरेलु तथा साना उधाेगका कर्मचारी विनाेद राई र निरज राई लगायतको उपस्थिति रहेको थियाे ।

चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईकाे प्रमुखअतिथित्व रहेको कार्यक्रम ४ नम्बर वडा अध्यक्ष कालिदास भट्टराई रहेको थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार