माङमालुङ सामुदायिक वनको अध्यक्षमा कार्की

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाको धार्मिक पर्यटकीय क्षेत्र माङमालुङमा रहेको वन संरक्षण गर्ने उद्देश्यले माङमालुङ सामुदायिक वन उपभोक्ता तदर्थ समिति गठन भएको छ ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २, ३ र ६ मा पर्ने माङमालुङ वन क्षेत्रका लाभान्वित उपभोक्ताहरुको भेलाले तिलकबहादुर कार्कीको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा हरि राई सिप्तुङखा, सचिवमा कमलमाया राई र कोषाध्यक्षमा रीता राई चयन भएका छन् ।

सदस्यहरुमा समिन राई, मनिकुमार राई, दिपक राई, कैलाश राई, धनजित राई, कविता राई, गङ्गाबहादुर लिम्बू र राजेन्द्र नेम्बाङ चयन भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार