साउदी : संघीय लिम्बुवान सामाजिक मन्च दमाम साउदी अरबले एक बिशेष कार्यक्रम गरि नेपाली राजदुतावासका नियोग उपप्रमुख आनन्द प्रसाद शर्मालाई विदाइ गरेको गरेको छ ।
साउदी अरबस्थित नेपाली दुतावासको कार्यलय पुगेर मन्चले बिदाई गरेको हो ।
बिदाइ कार्यक्रम नेपाली राजदुतावास रियाद साउदी अरबका महामहिम राजदुत प्रा. डा. महेन्द्रसिंह राजपुत, श्रमसहचारी अम्बिकाप्रसाद अधिकारीको पस्थितिमा सम्पन्न गरेको हो ।
सामाजिक अभियान्ता अन्जनीकुमार अधिकारीले सन्चालन गरेको कार्यक्रममा मन्चका प्रमुख सल्लाहकार तथ संघीय लोकतान्त्रीक राष्ट्रीय मन्चका केन्द्रिय सदस्य यावा लिम्बु, मन्चका माहसचिब लोकेन्द्र लिम्बु, मन्चका सस्थापाक सदस्य राजेश सेन्दाङ्गसहित मन्चका सदस्य भिमा लिम्बु, निशा तुम्बापो, प्रेम इजाम लगायतले खादा ओडाएर सम्मान गर्दै प्रशंसापत्र सहित बिदाइ गरेका थिए ।
कार्यक्रममा बोल्दै नियोग उपप्रमुख शर्माले लिम्बुवान सामाजिक मन्च र सम्पुर्ण साउदी अरब का समाजिक कार्यक्रता र दूतावासको सम्बन्ध स्मरण गर्दै पासपोर्ट सहजिकरण, आममाफि लगायत नेपाली श्रमिकहरुको समस्या समाधानमा खेलेको भूमिकाप्रति प्रशंसा गरेका थिए।
त्यसैगरी मन्चको तर्फबाट कार्यक्रममा बोल्दै प्रमुख सल्लहकार यावा लिम्बुले बिगतमा काबा राजदूत र नियोग उपप्रमुखको हैसियतमा शर्माले निर्वाह गरेको भूमिकाप्रति उच्च प्रशंसा गरेका थिए भने उनको स्थानमा आउने नयाँ नियोग उपप्रमुखले समेत सोही अनुसारले नेपाली श्रमिकको हितमा कार्य गर्नेमा विश्वास रहेको जनाएका थिए ।
बिदाइ कार्यकममा उपस्थित सम्पुर्ण सदस्यले उनको कार्यकाल र उनले नेपाली श्रमिकप्रति पुर्याएको महत्वपुर्ण भूमिकाको प्रसंशा गर्दै यात्रा सफलताको शुभकामना दिएका थिए ।
विगत करिव ४ वर्ष पहिले साउदी अरब आएका थिए ।
भिडियो हेर्नुहोस् :