ढापपोखरी महोत्सवलाई नेता खड्काद्वारा १ लाख सहयोग

इलाम : जिल्लाका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले पाँचौ ढापपोखरी महोत्सवलाई एक लाख एक हजार एक सय रुपैयाँ आर्थिक सहगोग गरेका छन ।

महोत्सवको तेस्रो दिन महोत्सव स्थलमा आयोजक समितिका अध्यक्ष जितबहादुर सावालगायत अतिथीहरुलाई रकम हस्तान्तरण गरे ।

कार्यक्रमा बोल्दै नेता खडकाले जमुनाबासीको आर्थिक समृद्धि र पर्यटकीय विकासका लागि आफुले शुरुवाती देखि नै सहयोग गरेको बताउदै भावी दिनमा पनि यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन सहयोग गर्ने बताए।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु रोशन गुरुङ, इन्द्र गुरुङ डम्बर नेपाली रमेह बोखीम र दिपेन गुरुङको प्रस्तुती समेत रहेको उक्त कार्यक्रममा हजारौं दर्शक हरुको उपस्थिती रहेको थियो ।

ढापपोखरी महोत्सवलाइ सफल पार्न सहयोग पुरयाएको भन्दै आयोक समितीले नेता खडकालाइ सम्मान समेत गरेको थियो ।
कार्यकममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, माइजागमाइ गाउपालिकाका अध्यक्ष जितबहादुर राई लगायको उपस्तिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार