नयाँ बुलन्दकर्मी नेपाल सम्मानित (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

सम्मानपत्र प्रदान गर्दै प्रमुख अतिथि बराल र ग्रहण गर्दै नयाँ बुलन्दकर्मी नेपाल ।

इलाम : इलामका क्रियाशील पत्रकार प्रकाश नेपाल सम्मानित भएका छन् ।

बुलन्द आवाज मिडिया प्रा.लि. इलामद्वारा संचालित पूर्वको लोकप्रिय अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको दोश्रो वार्षिक उत्सवको अवसरमा प्रालिले सम्मान गरेको हो ।

इमेज च्यानल टेलिभिजनका जिल्ला संवाददाता नेपाल नयाँ बुलन्द डटकमका उपसम्पादक समेत हुन् । उनलाई प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले सम्मानपत्र प्रदान गरे ।

पत्रकारिताका माध्यमबाट पुर्याएको योगदानको कदर गर्दै नेपाललाई सम्मान गरेको बुलन्द आवाज मिडिया प्रा.लि.का प्रवन्धक तथा नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले बताए । ‘नयाँ बुलन्द डटकमको व्यवस्थापन र प्रवद्र्धनका साथै नागरिकलाई सूचनाको हक प्रत्याभूति गराउन महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरिएको हो’ प्रवन्धक योङहाङले भने, ‘वार्षिक रुपमा एकजना क्रियाशील पत्रकारलाई सम्मान गर्नेछौं ।’

नेपाल विगत ६ वर्षदेखि इलाममा व्यवसायिक पत्रकारिता गरिरहेका छन् ।

वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्द डटकमले प्रकाशन गरेको वार्षिक भित्तेपात्रो २०७६ (क्यालेण्डर) सार्वजनिक गरिएको छ । प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बराल, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगू, मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यत्रकारी निर्देशक केशव द्यौराली, इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले संयुक्त रुपमा सार्वजनिक गरे ।

कार्यक्रमका वक्ताहरुले नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको भन्दै निरन्तरताको कामना गरेका थिए । नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम नागरिकसामू पुर्याउन सुझाव दिएका थिए ।

२०७४ वैशाखदेखि संचालित नयाँ बुलन्द डटकमले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ ।

हेर्नुहोस् भिडियो :

 

हामी तेस्रो वर्षमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार