श्रमिकको हकहित विषयमा नगरपालिकाद्वारा अन्तरक्रिया

  नयाँ बुलन्द
7 Shares

दानाबारी : माइनगरपालिकामा अवस्थित सोक्तिम चिया बगान र चिलिमकोट बगानका चिया मजदुरहरु र मजदुर संघ प्रतिनिधिसँग श्रमिकको हकहित विषयमा माई नगरपालिकाले अन्तरक्रिया गरेको  छ ।

संघाई कम्पनीले ५० वर्षका लागि लिजमा लिई सञ्चालन गर्दै आएको इलामका चार र झापाका तीन चिया बगानका मजदुरले श्रम ऐन २०७४, सामाजिक सुरक्षा ऐन २०७४ लागु गर्नुपर्ने र गत २०७५ श्रावण १ गतेबाट बृद्धि भएको पारिश्रमिक उपलब्ध गर्नुपर्ने माग राख्दै आन्दोलन गरिएको नेपाल चिया बगान केन्द्रिय संघका अध्यक्ष दिपक तामाङ्गले बताए ।

धर्नामा रहेका आन्दोलनरत मजदुरहरुलाई माई नगरपालिका मेयर दिपककुमार थेबेले श्रम ऐन र सामाजिक सुरक्षा ऐनमा भएको व्यबस्था बमोजिम सेवा सुविधा दिलाएरै छोड्ने प्रतिबद्धता जनाए । माई नगरपालिकाको भरखरै सम्पन्न नगरसभाबाट दुई करोड रुपैंया चिया मजदुरहरुको लागि आयआर्जन गर्ने गरी चक्रिय कोषको ब्यबस्था समेत गरिएको मेयर थेबेले बताए । उनले संघाईबाट माई नगरको स्वामित्वमा चिलिमकोट र सोक्तिम चिया बगानलाई ल्याउन आवश्यक पहल गर्ने निर्णय समेत भएको जानकारी दिए ।

चिलिमकोट र सोक्तिमका मजदुरहरुले ऐनमा ब्यबस्था भए बमोजिम तीन सय ८५ रुपैंयाँ दैनिक ज्याला पाउनु पर्नेमा हाल दुई सय ६५ रुपैयाँ मात्र पाउँदै आएका छन् । आन्दोलन गर्नुपर्ने अबस्था आएको नेपाल कृर्षि तथा बगान क्षेत्र श्रमिक संघका सहिकुमार राईले जानकारी दिए । धर्नामा सहभागी आन्दोलनकारी मजदुरलाई आन्दोलन सफल नभएसम्म कारखाना र बगान ठप्प पारेर आन्दोलनमा उत्रिन अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले आग्रह गरिन् । आन्दोलनका कार्यक्रम अन्र्तगत बैशाख ४ गते बिर्तामोडमा खान देऊ भन्दै रित्तो थाल बजाएर सरकार र ब्यवस्थापन बिरुद्ध आन्दोलन गर्ने सापकोटले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार