
मलेसिया : नेपाली राजदुतावास मलेसियाका लागि राजदुतमा नियुक्त हुनुभएका राजदुत उदयराज पाण्डेलाई भव्य स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
मलेसियामा रहेका नेपाली ब्यवसायी समाजलगायत विभिन्न समाजिक संघसंस्थाहरू जस्तैःनेपाल् आदिवासी जनजाती महासंघ, नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर आवासीय नेपाली सितेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरू संगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भब्य कार्यक्रमको आयोजना गरि राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका अध्यक्ष सुनाखरी मगरले जानकारी गराए ।
फोनिजका अध्यक्ष मगरलाई उद्धत गर्दै मलेसियामा बिगत लामो समयदेखि रेष्टुरेन्ट ब्यवसायमा सक्रिय नेपाली ब्यवसायी बिपिन राईले बोल्दै सो कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत गर्ने संगसंगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरूको उद्दार गर्नको निम्ती दूतावास संग कसरी सहयोग लिने ? अथवा सहकार्य गर्ने भन्ने बारे पनि संघसंस्थाको अगुवाहरूसंगै राजदुतसंग बृहत् छलफल, अन्तरक्रिया समेत गर्ने राईले बताए ।
मलेसियामा रहेका राजनीतिक दलहरू (पार्टी) बाहेकको अन्य समाजिक संघसंस्थाहरूले समेत आउँदो आईतवार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहकार्य गर्न सक्ने, मिल्ने राईको भनाई रहेको छ । साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी आयोजकको रहेको छ ।



















































