माईपोखरी अग्नी पिडितलाई आदर्श माविका शिक्षकको सहयोग

लाम : इलाम सदरमुकामस्थित आदर्श माध्यिमक विद्यालयले माईपोखो अग्नीपीडितलाई पहिलो चरणमा राहत रकम सहयोग गरेको  छ ।

विद्यालयका शिक्षकहरुबाट संकलित एकमुष्ठ १२ हजार ५ सय ७५ रुपैयाँ माईपोखरी अग्नी पिडितलाई उपलब्ध गराइएको हो ।

बुधबार प्रमु बैंकमा खोलिएको माईपोखरी अग्नीपिडित सहयता कोषमा सो रकम जम्मा गरिएको शिक्षक पंकज भट्टराईले नयाँ बुलन्दलाई जानकारी दिए । उनीहरुले स्वेच्छिक रुपमा १ सयदेखि ५ सयसम्म संकलन गरेका थिए ।

सहयोगका लागि शिक्षक कुमार पौडेल, पंकज भट्टराई, लोकबहादुर थाम्सुहाङ, हरिचन्द्र दहाल, सरिता तामाङ, प्रकाश खनाल, हेमराज बस्नेत, खुस्बु श्रेष्ठ र रविन रायमाझी ( ईनपा-६) ले प्रतिव्यक्ति ५ सय रुपैयाँ,  महेन्द्र बस्नेत, हिमज्योति घिमिरे, बेदप्रसाद काफ्ले, दिनेश काफ्ले र रमिला लुङ्गेलीले ३ सयका दरले सहयोग गरेका छन् ।

त्यस्तै होम रिजाल, छवि भट्टराई, कृष्णनारायण श्रेष्ठ र धनराज राई  २ सय ५० का दरले, शिरोमणी भट्टराई, नारद खनाल, हरि सापकोटा, युवराज गुरागाँई,  हेमलता उप्रेती, राम राई,  झुमा कट्टेल, धर्मकला निरोलाऽ सबिन बुढाथोकी, जीवन सुवेदी, निर्मला गौतम, भास्कर पोख्रेल, शेखरराज सिंह, राम शाह, तिर्थ खतिवडा, कुमुदिनी बम्जन, अन्जना घिमिरे, खगेन्द्र पिठाकोटे, दिपेन्द्र कोईराला, लोकेन्द्रराज राई, डम्बर बानियाँ र नुनुमा राईले २ सयका दरले सहयोग गरेक छन् ।

त्यस्तै नन्दप्रसाद मैनालीले १ सय ५०, रेनुका ढकालले १ सय २५, टिकाराम मगरले १ सय अभ्यास शिक्षण समुह (इपिएम) का ७ जनाले ७ सय, सुवास राई सुर्योदय नगरपालिका ११ ले  १ सय रुपैयाँ सहयोग गरेका छन् ।

गत ३० फागुनमा इलामको सन्दकपुर गाउँपालिकाको माईपोखरी बजार क्षेत्रमा आगलागी हुँदा १ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । त्यहाँका ४ वटा घरु पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

आगलागीबाट पीडितहरुको सहयोगका लागि राहत संकलनार्थ इलाममा प्रभु बैंकमा ‘माईपोखरी अग्नीपीडित सहयता कोष’ को नाममा बैंक खाता खोलिएको छ । इच्छुकले सो बैंकमा रहेको ‘माईपोखरी अग्नीपीडित सहयता कोष’ को बैंक खाता नम्बर १९०००१०१२२८०६५०००००१ मा रकम जम्मा गरि सहयोग गर्न सकिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार