अन्तुमा ‘आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ’ लोकार्पण

इलाम : इलामको अन्तुमा लाप्चा जातीकाे स्मृतिग्रन्थको लोकार्पण भएको छ । समाजसेवी, लाप्चा जातिका अग्रज व्यक्तित्व स्वर्गीय जगतबहादुर लाप्चाको स्मृतिमा ‘आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ’ शनिबार विविध कार्यक्रमका साथ लोकार्पण गरिएको हो ।

लाप्चाका छोरा बुद्धकाजी लाप्चा लगायतको सक्रियतामा स्मृतिग्रन्थ प्रकाशन गरिएको हो ।

बुद्धकाजी लाप्चाका अनुसार, यो स्मृति ग्रन्थमा स्व. जगतबहादुरले गरेका सामाजिक सेवामूलक कार्यहरु, उनको जीवनी लगायतका पक्षहरुलाई समेटिएको छ । इलाममा मात्र बसोबास रहेको लोपोन्मुख लाप्चा जातिको देश मै एउटा मात्र सङ्ग्रहालय इलामको अन्तुमा रहेको बताइएको छ ।

सङ्ग्रहालयको स्थापना स्व. लाप्चाले नै गरेको बताइएको छ । उनले आफ्नै घरमा लाप्चा जातिका विभिन्न सांस्कृतिक महत्वका संकलन गरेर सङ्ग्रहालय जस्तै बनाएर राखेका थिए ।

पत्रकार युवराज गौतमले सम्पादन गरेको स्वर्गीय काजी जगतबहादूर लाप्चा स्मृतिग्रन्थ प्रकाशन समुहले सूर्योदय नगरपालिकाका प्रमुख रणबहादूर राई र रोङ गाउँपालिकाका अध्यक्ष समसेर राईलाई सम्मान गरेको थियो । काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ प्रकाशन तथा जनक माबीको आयोजनामा भएको कार्यक्रम मा ५०० बडिको उपस्थितीरहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार