सरकारविरुद्ध इलाममा कांग्रेसको विरोध प्रदर्शन (भिडियो/फोटो फिचर)

  नयाँ बुलन्द  242 पटक हेरिएको

इलाम : नेपाली कांग्रेसले सोमबार इलाम सहित देशभर सरकारविरुद्ध प्रदर्शन गरेको छ । महँगी, भ्रष्टाचार र सरकारका कतिपय निर्णयको विरोधमा कांग्रेसले देशव्यापी प्रदर्शन गरेको छ ।

पुर्व निर्धारित कार्यक्रम अनुसार इलाममा सरकार विरोधी नारा जुलुससहित इलाम बजारमा प्रर्दशन गरेको छ । ठूलो टुँडिखेलबाट सरकार बिरुद्ध चर्को नारा लगाउँदै कांग्रेसले इलाम बजार परिक्रमा गरी सरकारको विरुद्धमा प्रर्दशन गरेको हो ।

ओली सरकार मुर्दावाद, जनता मार्ने ऐन खारेज गर, नर्मला पन्तलाई न्याय दे, ओली सरकार कस्तो-माफिया भ्रष्ट, जनता आतंक बन्द गर, देखियो तिम्रो दाउ-माफियाको रैछौ माउ,  दुई तिहाईको उपहार-हत्या हिंसा बलत्कार,  केपी तिम्रो पाराले, दुःख पाए साराले, बलात्कारीलाई फासी दे, हत्या हिंसा बिलात्कार नियन्त्रण गर, दुई तिहाईको दम्भ बन्द गर जस्ता नारा लगाएर प्रर्दशन गरिएको थियो ।

प्रर्दशन कोण सभामा परिणत भएको जुलुशलाई सम्बोधन गर्दै कांग्रेस नेताहरुले वर्तमान सरकार गठन भए देखि नै नेपाली जनताहरुले दुख आएको आरोप लगाए ।

कम्युनिष्ट सरकारले नेपाली जनताको पक्षमा काम र्गन नसकेको बताउँदै उनीहरुले त्यस विरुद्ध अव कांग्रेस लागि रहेको बताए ।

भिडियो हर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार