एकतप्पामा हुने शहिद स्मृति फूटबटलाई अमेरीकाबाट सहयोग !

महेन्द्र पौड्यालले दिए ३० हजार नगद

  नयाँ बुलन्द
14 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका ७ स्थित रुपाटारमा संचालन हुन लागेको तेस्रो संस्कणको शहिद स्मृति फूटबल प्रतियोगिताका लागि अमेरीकाबाट समेत सहयोग प्राप्त भएको छ ।

इलामको एकतप्पा सिकारीभन्ज्याङ्ग जन्म भई हाल अमेरिकामा बसोबास गर्दै  आएका महेन्द्र पौड्यालबाट प्रतियोगिताको लागि नगद ३० हजार रुपैयाँ सहयो प्राप्त भएको हो । विगत केही वर्षदेखि अमेरीकामा व्यवसाय संचालन गर्दै आएका पौड्यालले प्रतियोगिताको उपविजेताका लागि पुरस्कार रकम सहयोग गरेको शहिद स्मृति फूटबल प्रतियोगिता आयोजक समितिका अध्यक्ष राज थापाले जानकारी दिए ।

एकतप्पामा आगामी २० माघदेखि  शहिद स्मृति खुल्ला नकआउट फूटबल प्रतियोगिता संचालन हुँदेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र पाउनेछन्  । त्यस्तै म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न २२ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

प्रतियोगिता सहित कार्यक्रमका लागि करिब ४ लाख खर्च हुने अनुमान गरिएको आयोज समितिका अध्यक्ष थापाले बताए । त्यसका लागि विभिन्न खेलप्रेमी समाजसेवीहरुबाट  सहयोग प्राप्त हुने उनले जनाए ।

देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

फूटबल प्रतियोगिताको फाइलन र साँस्कृतिक कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुुलन्द डटक www.nayabulanda.com बाट हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार