आयोजक र फाल्गुनन्द क्वार्टरफाईनल प्रवेश

  नन्दन सर्वत लिम्बू  242 पटक हेरिएको

जितपुर : इलामको देउमाई नगरपालिका ९ जीतपुरमा जारी जीतपुर गोल्डकपमा आयोजक र   फाल्गुनन्द स्पोर्टिङ देउमाई नगरपालिका ९ विजयी भैइ क्वार्टरफाइनल प्रबेश गरेका छन ।
आयोजक टिम र बरभन्ज्याङ बिचको पहिलो खेलमा हाफ टाईम अघिको खेल गोल हुनसकेको थिएन भने हाफ टाईम पछिको ३१ औ मिनेटमा आयोजकको तर्फबाट हर्क मगरले १ गोल गर्दै आयोजक टिमलाई जीत दिलाएको थियो ।
त्यस्तै फाल्गुनन्द स्पोर्टिङ टिम देउमाई नगरपालिका ९ र गोर्खे स्पोर्टिङ सिद्दिथुम्का बिचको खेलमा फाल्गुनन्द स्पोर्टिङले ३ गोल गर्दै क्वाटरफाईनलमा प्रवेश गरेका छ्न ।
भोलिको खेल जोरखोला फुटबल क्लब माई नगरपालिका र पानीटार स्पोर्टिङ बिच हुने जनाईएको छ ।
जीतपुर माद्यामिक बिद्यालयको खेलमैदानमा भैइरहेको उक्त गोल्डकपको फाईनल माघ ५ गते हुनेछ ।
जीतपुर सामुदायिक बिकास केन्द्र द्वारा संचालित गोल्डकपमा, १ लाख ११ हजार १ सय ११ रुपियाँ नगद पुरस्कार रहेको छ ।
उक्त पुरस्कारको प्रायोजन बुलेट चाउचाउले गरेको छ । त्यस्तै दोस्रो पुरस्कार ६६ हजार ६ सय ६६ रुपियाँ नगद रहेको छ । त्यस्तै खेल अवधी भरको उत्कृष्ट खेलाडीलाई १० तोला चादी बराबरको फुटबल प्रदान गर्ने बताईएको छ ।
त्यस्तै गरेर सिद्धार्थ बैंक इलाम शाखाले १० हजार बराबरको बिजेता र उपबिजेतालाई आकर्षक ट्रफि प्रदान गर्ने आयोजक समितिको अध्यक्ष गोपाल पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार