क्याम्पसमा विद्यार्थीको चित्रकला प्रदर्शनी (फोटो फिचर)

  अतित योङहाङ
14 Shares

इलाम : महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका एक विद्यार्थीले क्याम्पसमा चित्रकला प्रदर्शनी गरेका छन् । वागवानी संकाय अन्तिम सेमेस्टारमा अध्ययनरत सुदिप पौडेलले आफुले बनाएका चित्र प्रदर्शन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन प्रदेश १ का सांसद रामबहादुर मगरले गरेका थिए । कार्यक्रममा जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर, चित्रकार योगेन्द्रमान श्रेष्ठ, महेन्द्र रत्न बहुमुखी क्याम्पसका सहायक प्रमुख प्रेम लुइटेलले चित्रकार पौडेलको प्रशंसा गर्दै थप अघि बढ्न शुभकामना दिए । कार्यक्रममा विद्यार्थी, युवालगायतको सहभागिता छ ।

कक्षा २ मा पढ्दा देखिनै चित्र कार्न सुरु गरेको सुदिपले कक्षा ९ देखि पेशाकै रुपमा चित्र कार्न थालेको बताए । उनले आफूले क्याम्पसको पढाई सक्न लाग्दा चित्रकला प्रदर्शनी गरेका हुन् । उनले चित्रकला प्रदशनी मार्फत आफ्ना साथीहरुलार्इ सम्झनायोग्य बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार