चासोक तङनाम कोरियामा पनि भव्य मनाइने

दक्षिण कोरिया :  नेपालीहरूको राष्ट्रिय चाड तथा लिम्बू समुदायको महान चाड चासोक तङनाम कोरियामा आउँदो डिसेम्बर १६ आइतबार भब्य रूपमा मनाइने भएको छ ।

किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आयोजना गर्ने कार्यक्रममा कोरियाको सउलमा हुने भएको हो । लिम्बू समुदायको मौलिक चाडपर्वहरूको जगेर्ना गर्न र कोरियामा रहेको आम लिम्बु समुदाय तथा गैर लिम्बुहरू सामिप्यता बढाउन निमित्त कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लिम्बु समुदायसँग सम्बन्धित के लाङ (च्याब्रुङ नाच) या:लाङ (धान नाच) हाक्पारे पालाम (ख्याली) हुनेछ । साथै लिम्बुहरूको पोशाक तागावा मेख्ली पर्दशन र लिम्बु मौलिक परिकारहरूको पनि नि:शुल्क व्यवस्था आयोजकले गरेको छ । कार्यक्रममा नेपालबाट आमन्त्रित नेपालि तथा लिम्बु भाषिक कलाकारहरूको आगमनले कार्यकर्मको शोभा अझ बढ्ने आयोजकले जनाएको छ ।

उधौली पर्व अर्थात चासोक तङनामलाइ बिशेष गरि न्वागी पुजा भनेर पनि चिनिन्छ । लिम्बू जाति प्रकृतिक पुजक भएकाले नयाँ अन्नबालि भित्र्याउने क्रममा न्वागि गरेर मात्र नयाँ अन्नबालि भित्र्याउने चलन छ । यसै अनुरूप देश बिदेशमा चासोक तङनाम भब्य रूपमा मनाइने गरिन्छ ।

नेपाली पात्रोनुसार डिसेम्बर २२ मा मात्र चासोक तङनाम भएपनि कोरियामा भने बिदाको दिन परेर एकसाता अघिनै मनाइने भएको छ । कार्यक्रमको सम्पुर्ण तयारि भईसकेको छ । कोरियामा रहेका सम्पुर्ण नेपाली समुदाय, बिद्यार्थी, बुद्दिजीवि, व्यापारी र पत्रकारहरूलाई उपस्थिति हुन किराँत याक्थुङ चुम्लुङ द कोरियाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार