संस्कृति जीवन्त राख्न च्याब्रुङ निर्माणमा युवा

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : देउमाई नगरपालिका ९ जीतपुरमा परम्परागत रुपमा लिम्बूहरुको सास्कृतिक पहिचानको रूपमा लिईएको च्याब्रुङ बाजालाई जिबन्त राख्न च्याब्रुङ बनाउने कार्य सुरु भएको छ ।

च्याब्रुङ नगद खरिद गर्न धेरै महङ्गो हुने भएकोले च्याब्रुङ निर्माणमा आफै सक्रिय भएर लागेको च्याब्रुङ निर्माण समितिको सदस्य रन्जित मोरोहाङ्ले बताउनु भयो ।

लोकतान्त्रिक राज्य ब्याबस्था शुरुवाती सङ्गै आफ्नो भेष आफ्नो पहिचानको कुरा हुँदै गर्दा लिम्बू सस्कृतिको सरक्षण लागि च्याब्रुङ निर्माणमा लागेको र लिम्बू युवा युवतिमा सस्कृती पुस्तान्तरण होस भन्ने आशाले यो कार्यमा लागेको समिती संयोजक तारा मोरोहाङ बताउनु हुन्छ ।

उक्त च्याब्रुङ बनाउने कार्य सम्पन्न गर्न एक महिना जति लाग्ने संयोजक बताउनु हुन्छ । च्याब्रुङ बनाउन लिम्बू परम्परा अनुसार एकै दिनमा काठको मुडा धोन्द्रो बनाईसक्नु पर्ने नियम छ भने दायाँ र बायाँ छाला टाङ्ने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार