कागे नकआउट फुटबलमा आइतबार दुई खेल हुने

जमुना : इलाम सन्दकपुर गाउँपालिकास्थित जमुना कागेमा जारी कागे नकआउट फुटबल प्रतियोगिताको शनिबारको खेलमा ३ टिम क्वाटर फाइनलमा पुगेको छ ।

पहिलो खेलमा नुनथला जमुनाले नवज्योती खेल सघ सुलुबुङलाई ३-० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै आजको दोस्रो खेलमा आयोजक सुनखरी खेल संघ जमुनाले सोयाङलाई ३-० गोल अन्तरले हराउदै क्वाटरफाइनलमा आफुलाई सुरक्षित गर्दा अन्तिम खेलमा रेडपाण्डा इङलाले लालिगुरास माबुलाई समान ३-० गोलले हराउँदै क्वाटरफाइनलमा प्रबेश गरेको छ ।

आइतबार २ खेल हुनेछ । पहिलो खेल रेडहर्स इलाम र बुद्ध क्लब जौबारी र भोलिको अन्तिम खेल माइभ्याली इलाम र नुनथला जमुनाबीच हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार