दाता खोज्दै हिँडिरहेका जेम्सलाई २६ हजार सहयोग जुट्यो

चुलाचुली : दाताको खोमीमा हिँडिरहेका विज्ञान संकायका विद्यार्थी जेम्स लिम्बूलाई अष्ट्रेलिया र हङकङमा रहेका नेपालीमनबाट नगद २६ हजार ९५  रूपैयाँ सहयोग प्राप्त भएको छ ।

नेपाली भाषिक शरणार्थी युवाहरूको संस्था  “क्रियटिभ जर्नि फाउन्डेसन” अष्ट्रेलियाको  संस्थापक तथा अध्यक्ष ओवेत साम्पाङ् राईको नेतृत्वमा  कक्षा ११ को विज्ञान संकायमा अध्ययनरत जेम्स लिम्बूको भर्ना नछुटोस् भनेर नगद १५ हजार ७ सय ९५ रूपैयाँ सहयोग प्रदान  गरेका छन् । त्यस्तै  हङकङमा कार्यरत शिक्षासेवी शरण सुब्बाले नगद १० हजार ३ सय रूपैयाँ सहयोग गरेका छन् ।

दुवै सहयोग नेपालमा चेतन आङथुपोद्वारा जेम्स लिम्बूलाई लाई हस्तान्तरण गरिएको छ  । आङथुपोका अनुसार, क्रियटिभ जर्नि फाउन्डेसन अष्ट्रेलियाले सात महिना अघि कक्षा १० मा अध्ययनरत अनिता साँवाको लागि नगद १० हजार सहयोग गरेको थियो ।

जेम्सक कथा 

घरको आर्थिक स्थिति कम्जोर भएपछि चुलाचुली गाउँपालिका ४ का १६ वर्षीय जेम्स लिम्बूलाई उनका बाबुले विज्ञान विषय पढाउन्  नसक्ने बताए ।  स्थानीय बालज्योति माविबाट एसईई २०७५ मा (३ दशमलव २० जिपिए) बी प्लस ग्रेटमा उत्तीर्ण भएका जेम्सका घरमा एउटा भाइ, सानी आमा र बाबु छन् । उनका आमा उनी सानो छँदै बितेकी थिइन् । परिवारले कम पैसा लाग्ने गाउँकै कलेजमा पढ्न भनेपनि सनैदेखि आफ्नो विज्ञान पढ्ने सपना रहेको उनी बताउँछन् ।

जेम्सको सपना साकार गर्न गाउँकै बुद्धिजिवी  सुर्दशन पौड्यालले दुई बर्ष पढाउने दाता खोजिदिने आाशा देखाएपछि विज्ञान पढ्न लागे । पौड्यालले केही दाता पनि भेटाईदिए । दाताहरूको आशामा जेम्सले निरन्तर अडाई महिना कलेज धाए । तर भर्ना नगरिएकोले वेल्ड र टाई विना गेट छिर्ने गाह्रो थियो । परीक्षा फाराम भर्ने समय सकिदैं गर्दा जेम्स भने दाताको सहयोग कुरिरहेका थिए ।

झापाको दमक नगरपालिकास्थित हिमालय माध्यमिक विद्यालयमा अध्ययनरत जेम्सलाई कलेजमा शिक्षकहरूले नाम, फर्म भर्न ढिलो भएको जानकारी गराईरहँदा कलेज छुट्टि भएपछिको समय जेम्स दाताहरूलाई भेट्न कहिले फोन गर्छन् ।  कहिले घरमै पुग्छन् । तरपनि दाताहरूले `हुँदैछ र हुन्छ´  मात्रै भन्ने गरेकाले फारम भर्ने अन्तिम दिनसम्म पनि दाताहरूबाट केही प्रतिक्रिया नपाएकोले जेम्स पढ्न नपाउने चिन्तामा थिए ।

भर्ना र फाराम छुट्दा एक वर्ष पछि पर्ने जेम्सका पढाइप्रति तत्कालीन सहयोग… लेखिएको नोट  फेसबुक म्यासेन्जरबाट थाहा पाएपछि  हङकङमा कार्यरत शिक्षासेवी शरण सुब्बाले हिमायल माविका  निर्वतमान विद्यालय व्यवस्थापन अध्यक्ष तिर्थ बस्नेतलाई सम्पर्क गरि जेम्सको पढाइका लागि तत्काल सहयोग गर्न प्रतिबद्धता गरेका थिए ।

अहिले जेम्स 

विज्ञान संकायमा अध्ययनरत जेम्स लिम्बू चुलाचुली गाउँबाट  रतुवा खोला हुँदै कलेज पुग्न साइकलमा  ४५ मिनेट लाग्छ । उनको पढाइमा मासिक शुल्क १ हजार २ सय तिर्नुपर्छ । ट्युसन पढ्ने खर्च समेत जुटाउन गाह्रो रहेका जेम्स बताउँछन्, `मेरो लागि पढ्न पाउनु नै ठूलो कुरा हो, मलाई सहयोग गर्नुहुने मानिसहरूप्रति  धन्यवाद साथै यहाँहरूको सहयोग खेर जान नदिने बाचासहित राम्रो पढ्न चाहान्छु ।´ उनका पढाइको लागि जम्मा भएको रकम गाउँमै रहेका पाथिभरा सहकारीमा खाता खोलेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार