६३ औं प्रहरी दिवशको अवसरमा इलामका १३ जना पुरस्कृत

  सुजता सुनुवार
0 Shares

इलाम : ६३ औँ प्रहरी दिवशको अवसरमा विहिबार इलाममा १३ जनालाई पुरस्कृत गरिएको छ । प्रहरी दिवश तथा विजय दशमी २०७५ को उपलक्ष्यमा आयोजित ६३ औँ प्रहरी दिवस कार्यक्रमको अवसरमा विभिन्न विधामा प्रथम र द्धितिय हुनेलाई पुरस्कृत र सहयोगी विभिन्न संघसस्थालाई कदर पत्र प्रदान गरिएको हो ।

प्रहरी कार्यलयले महिना भरी विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । यही कार्यक्रममा सहभागी भई प्रथम द्धितिय र सान्तवना हुनेलाई पुरस्कृत र सहयोगी संघसस्थालाई कदरपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यलय इलामले जनाएको छ ।

पुरस्कृत हुनेहरुमा “यौनजन्य हिंसा, कारण, रोकथाम र नागरिकको भूमिका”का विषयमा जिल्ला स्तरीय अन्तर मावि निबन्ध प्रतियोगिता सम्पन्न भएको थियो । यस प्रतियोगितामा प्रथम हुने सन्दकपुर गाउँपालिकाका सरस्वती माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत कुशुम सिवाकोटीलाई पाँच हजार र प्रमाणपत्र प्रदान गरिएको छ भने सुर्योदय नगरपालिकाको कृष्णश्रम माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत प्रवेश निरौलालाई तीन हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै जिल्ला स्तरिय खुल्ला व्याटमिन्टन प्रतियोगितामा सहभागी समूह ए पुरुष डबल्सतर्फ प्रथमद्धय श्याम थापा र याम लिम्बुलाई तीन÷तीन हजार र प्रमाण पत्र, द्धितियद्धय सनबीर तामाङ्ग र केवल श्रेष्ठलाई दुई÷दुई हजार र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी समुह बि तर्फ प्रथमद्धय सत्यनारायण राई र सन्तोष राईलाई दुई हजार पाँच सय÷दुई हजार पाँच सय र प्रमाणपत्र , द्धितियद्धय दिपेश लामा र हेमराज ढकाललाई एक हजार पाँच सय÷एक हजार पाँच सय र प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरिएको छ ।

आन्तरिक तीन किमी दौड प्रतियोगितामा प्रथम हुने प्रहरी कर्मचारी प्रहरी जवान दिलकुमार आचार्यलाई रु एक हजार र प्रमाणपत्र, द्धितिय हुने प्रहरी जवान जोन तामाङ्गलाई पाँच सय र प्रमाणपत्र र सान्तवना हुने प्रहरी जवान सीता श्रेष्ठलाई पाँच सय र प्रमाणपत्र प्रदान गरिएको छ ।

शान्तिसुरक्षा कायम गर्न जग्गा प्रदान गर्नु हुने समाजसेवी देऊमाई नगरपालिका ९ का मनमाया बराल, दुर्गा कट्टेल, माधवप्रसाद कट्टेल, चन्द्रकला आचार्य र रोङ्ग गाऊपालिका २ का टिकाप्रसाद भट्टराईलाई कदर पत्र प्रदान गरिएको छ । यस्तै विभिन्न चार वटा संघसस्थालाई समेत कदर पत्र प्रदान गरिएको कार्यलयले जानकारी दिएको छ ।

दिवशकै अवसर पारेर फाकफोकथुम गाउँपालिकाले प्रहरी चौकी फूयतप्पालाई निःशुल्क मोटरसाइकल समेत प्रदान गरेको छ । जिल्ला प्रहरी कार्यलय इलामको आयोजनामा भएको कार्यक्रम प्रमुख प्रहरी उपरिक्षक माधव प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार