म्यांगकुट आँधीले फिलिपिन्समा १४ जनाको ज्यान लियो

फिलिपिन्समा आएको आँधीमा परी १४ जनाको ज्यान गएको छ । फिलिपिन्सको उत्तरी क्षेत्रमा म्यांगकुट नामक आँधीले धेरै क्षति पुर्‍याएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

आँधीले धेरै घरमा नोक्सानी पुर्‍याएको छ भने ४२ ठाउँमा पहिरो गएको छ । आँधी पछि आएको बाढी पहिरोका कारण ५० लाख भन्दा धेरै मानिस विस्थापित भएका छन् । हजारौँ जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

विश्व मौैसम विज्ञान संगठन डब्लूएमओले यो आँधीलाई यो वर्षकै सबैभन्दा शक्तिशालि भनेको छ । आँधी विस्तारै चीनतर्फ प्रवेश गर्न थालेको पनि खबरमा उल्लेख छ ।

यस्तै अमेरिकाको क्यारोलिनामा आएको आँधीका कारण ११ जनाको ज्यान गएको पुष्टि भएको छ । झण्डै १० लाख घरमा विजुलीको आपूर्ति बन्द भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार