ताप्लेजुङको मनमोहक फुङफुङ्गे झरना आझेलमा

ताप्लेजुङ : आवश्यक पूर्वाधार विकास र उचित प्रचारप्रसार हुन नसक्दा ताप्लेजुङको फुङफुङ्गे झरना आझेलमा परेको छ ।

पर्यटकीय विकासको प्रचुर सम्भावना देखिए पनि प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा ओझेलमा परेको हो ।

सदरमुकामबाट एक दिनको पैदल दुरीमा पर्ने मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङे झरना पर्यटकका लागि आकर्षक बन्ने पक्का छ ।

ढुंगाको कापबाट करिब ३ सय मिटरको उचाइ रहेको यो झरनाको मनमोहक दृश्यले जोकोहीलाई मोहित पार्दछ ।

तर झरनामा जानका लागि सडक यातायातको सुविधा भने छैन जसले यो सौन्दर्य कुनामै गुमनाम बन्न पुगेको छ ।

अर्कोतिर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार नहुँदा झरना अझै ओझेलमा परेको छ । जसका कारण पर्यटक भने कम नै पुग्ने गरेको स्थानीयको गुनासो छ ।

झरना क्षेत्रमा पूर्वाधार विकास गरी यसलाई व्यापक प्रचारप्रसार गरेमा यसले आर्थिक विकासका लागि ठूलै सघाउ पु¥याउनेमा कुनै दुईमत छैन ।

सरोकारवाला पक्षले यस क्षेत्रको विकासमा जोड दिन आवश्यक रहेको र यसमा सबैले सहयोग गर्नुपर्ने स्थानीय बताउँछन् ।

उसो त जनप्रतिनिधि पनि बेलाबखत यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता बेलाबखत गरिरहेका छन् ।

तर आजसम्म यस ठाउँले विकासको अनुभूति गर्न पाएको छैन न त यहाँका स्थानीयले त्यसबाट संभावित प्रतिफल प्राप्त गर्न सकेका छन् ।

यता मिक्वाखोला गाउँपालिकाका प्रवक्ता दिपेन्द्र लिवाङले भने गाउँपालिकाले सो क्षेत्रको विकासका लागि प्रयास गरिरहेको बताउँछन् ।

यो त एउटा स्थान हो तर यस्ता संभावनायुक्त अन्य क्षेत्रहरु पनि यस्तै गुमनाम छन् ।

यहाँको सौन्दर्यले सबैको मन आकर्षित गर्न सक्ने भएपनि पर्यटकको शुन्यप्रायः उपस्थिति हुनु आफैमा चिन्ताजनक विषय हो ।

पर्यटन प्रर्वद्धनका हिसावले प्रचुर सम्भावना बोकेको फुङफुङे झरना क्षेत्रमा सडक लगायतका भौतिक पुर्वाधारको निमार्ण सँगै प्रचार–प्रसारमा सबै सरोकारवालाले ध्यान दिन सके वर्षेनी आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा वृद्धि हुने र ताप्लेजुङको विकासमा ठूलो हिस्सा ओगट्नेमा कुनै शंका छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार