माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिकामा जनप्रतिनिधी र कर्मचारीहरुलाई प्राविधिक ज्ञान सम्बन्धी दुइ दिने तालिम सम्पन्न भएको छ।
माइजोगमाई गाउँपालिकाका सबै क्षेत्रमा सञ्चालन हुने विकास निर्माणका कामलाई प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको गाउँपालिका श्रोतले बताएको छ।
तालिममा विकास निर्माण सम्बन्धि प्राविधिक ज्ञान प्रदान गरिएकोले विकास निर्माण कार्यमा सहजता आउने तालिममा सहभागी जनप्रतिनिधी र कर्मचारीहरुको विस्वास रहेको छ।
माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीत बहादुर राइको अध्यक्षता समपन्न भएको तालिम शुक्रबार र शनिबार भएको हो। तालिमको उद्घाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत स्वागत मन्तव्य राखेका थिए भने तालिमको सहजीकरण गाउँपालिकाका इन्जिनियर सचितानन्द देवले गरेको गाउँपालिका अध्यक्ष राईका निजी सचिब सञ्जिव थामीले बताए ।