पर्यटकीय धार्मिक स्थल अन्धाराजा अन्धारानीको दरबार प्रबद्र्धनका लागी चुलाचुलीमा अन्तरकृया

  निशेष राई सत्यरुप
0 Shares

चुलाचुली  : इलामको चुलाचुली गाँउपालीका वडा नम्बर ५ मा रहेकोपर्यटकीय धार्मिक स्थल अन्धाराजा अन्धारानीको दरबार संरक्षण तथा बिकाशका लागी आज अन्तरकृया गरिएको छ ।

गाँउपालीका अध्यक्ष प्रदिपचन्द्र राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा ५ नम्बर वडाका वडा अध्यक्ष चन्द्रकुमार थापा, छिमेकी माङ्सेबुङ गाँउपालीकाका जनप्रतीनिधी लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सो क्षेत्रको दिगो विकाशका साथै पर्यटन पर्वधन र संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्र्रीत भएको थियो । कार्यक्रममा पर्यटनको बिकाश गर्दै अन्धाराजा अन्धारानीको गुफा तथा आसपासका देवस्थल संरक्षण र प्रर्बद्धनमा चुलाचुली गाँउपालीकाले आफ्नो कार्यक्रम अघिबढाइ सकेको अध्यक्ष प्रदिपचन्द्र राईले बताए । अध्यक्ष राईले यस क्षेत्रको मह्रत्वलाई थप उजागर गर्न स्थानीयबासीहरुको पनि भुमिका महत्वपुर्ण रहने बताउनु भयो । त्यस्तै गरि कार्यक्रममा वडा नम्बर ५ वडाका अध्यक्ष चन्द्रकुमार थापाले अन्धाराजा अन्धारानी पर्यटकीय क्षेत्र प्रर्बद्धनका लागी स्थानीय सरकार लागी परेको भन्दै स्थानिय सरकारले प्रदेश सरकार संग पनि समन्वय गरिरहेको बताए । महाभारतको ईतिहाससंग जोडिएको देबस्थाललाई प्रर्बद्धन गरेर लौजानु पर्ने सहभागी स्थानियहरुले बताएका थिए । यस अघि नै सो देब स्थाल संरक्षण र प्रर्बद्धनका लागी संरक्षण् समिती निर्माण गरिसकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार