न्यू स्टार क्लब झापा सेमीफाइनल प्रवेश

  नयाँ बुलन्द
0 Shares

ताप्लेजुङ : न्यू स्टार क्लव झापा ताप्लेजुङमा जारी तेश्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगीताको सेमीफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली कर्णसिंह सोनाम स्पोर्टिङ क्लब ताप्लेजुङलाई १–० गोलअन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुगेको हो ।

सदरमुकाम फुङ्लिङ्स्थित भानु जनमाविको खेल मैदानमा सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समयमा सम्हालिन नसक्दा ताप्लेजुङको अघिल्लो यात्रा समाप्त भयो । अतिरिक्त समयको अन्तिम मिनेटमा झापाका रोमन भुजेलले फ्रिकिक मार्फत् निर्णायक गोल गरे ।

निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेल १५ मिनेटको अतिरिक्त समयमा गएको थियो । खेलको म्यान अफ दि म्याच झापाका जीवन धाँमी घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

अब झापाले आगामी शुक्रबार एम्ब्रोज क्लब मोरङ र चर्च ब्वाइज क्लब काठमाडौबिचको विजेतासँग दोस्रो सेमीफाइनल खेल खेल्नेछ । चर्च ब्वाइज र एम्ब्रोजबिचको खेल बुधबार हुँदैछ । चर्च ब्वाइज डिफेन्डिङ च्याम्पियन हो ।

१० टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले तीन लाख १ हजार १ सय ११ र उपविजेताले एक लाख ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी भदौ १६ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार