पाँचथर : पाँचथरको फिदिम नगरपालिकाले जन्म र मृत्युदर्ता गर्ने ब्यक्तिलाई पुरस्कार दिन थालेको छ ।
नगरपालिकाले आ.व. ०७५÷०७६ को निती कार्यक्रम मार्फत नै ३५ दिनभित्रमा जन्म र मृत्युदर्ता गर्न आउने महानुभावहरुलाई ५ सय रुपैया पुरुस्कार दिने निर्णय गरिएको फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गुरुदत्त सुवेदीले बताए ।
उनले भने,“ अहिले जन्मदर्ता र मृत्युदर्ता गर्न आउने नागरिकहरुलाई वडा बाटै ३५ दिन भित्रमा आएमा ५ सय रुपैया रकम पुरुस्कार स्वरुप दिइने ब्यवस्था गरेका छौ,जसले गर्दा समयमै जन्म,विवाह,वसाईसराई र मृत्युदर्ता गर्ने वानीको विकाश हुनेछ ।”
अहिले फिदिम नगरपालिकाका १४ वटै वडाहरुमा समयमै जन्मदर्ता र मृत्युदर्ता गर्न आउने महानुभावहरुलाई पुरुस्कार स्वरुप रकम दिने ब्यवस्था निती तथा कार्यक्रममै उल्लेख गरिसकिएको फिदिम नगर प्रमुख ओनाहाङ नेम्बाङले बताए ।