लेप्चा जातिको संक्षिप्त परिचय :
लेप्चा जात धेरैले सुन्नु भएको छैन । म आफै पनि यो कुराको प्रमाण छु । मैले पनि धेरै जनाको मुखबाट लेप्चा जात नसुनेको पाएको छु । यो जाति धेरै जनसंख्यामा भारतको सिक्किममा रहेको छ तर नेपालमा लेप्चा जातिको स्थाई बसोबास भने पुर्वी ईलाम जिल्लामा छ । जहाँ लेप्चा गाउँ नै भेटिन्छ, अन्य जिल्लाहरुमा एक दुई घर यो समुदायका मान्छेहरु बसाइँसराइ आई बसोबास गरेको पाइन्छ । नेपालमा अत्यन्त कम जनसंख्या भएको जाती हो लेप्चा, जहाँ नेपाल सरकारले लोपोन्मुख जातिमा वर्गीकृत गरि संरक्षण गर्नको लागि मासिक रु २ हजार प्रत्येक व्याक्तिलाई प्रदान गर्दै आएको छ । लेप्चा जातिको पनि अन्य जातिहरुको जस्तै आफ्नै भाषा, लिपि, संस्कृति छ । यो समुदायले बौद्ध धर्म मान्छन् ।
लेप्चा जातिको स्वभाव :
“लेप्चा जातिहरु सोझा, इमानदार, दयालु, मिजासिलो, शान्तिप्रिय स्वभावका हुन्छन । यी समुदायका पुर्खाहरु, यो मेची राजमार्ग निर्माण नहुदा, अहिले निर्माण भएको बाटो छेउछाउ तिरै बसोबास गर्थ्यो रे, जहाँ घोडा हिड्ने बाटो मात्रै थियो रे तर जब मेची राजमार्ग आयो तब सवारी साधनको हल्लाबाट विस्थापित भएर होहल्ला रहित शान्तिप्रिय स्थानमा बसोबास गर्नको निम्ति राजमार्ग देखि धेरै वरपर बसाइँसराइ गए भनेर त्यो घटनाको जिउदो साक्षी बुढापाकाहरुले भन्छन । यसो विचार विमर्श गर्दा अहिलेको विकट ठाउँमा बसोबास गरेको अवस्था हेर्दा, हाम्रो समुदायको अघिल्लो पुस्ताका बाजेहरुको अवस्था र आनीबानीहरुलाई मुल्यांकन गर्दा ती अन्य जातका बुढापाकाहरुले भनेको कुरा सत्य नै हो जस्तो महसुस हुन्छ ।
एउटै जात लेखाईमा फरक :
मैले धेरै ठाउँमा देखेको छु । हाम्रो जातमा ल्याप्चे, लाप्चे, लाप्चा र लेप्चा लेखेको पाए । मैले यो विषयमा हाम्रो समुदायको अग्रज व्याक्तिहरुसग बुझ्ने प्रयास गरे? मैले वहाँहरुबाट जात एउटै हो, लेख्ने तरिकामा फरक हो? पहिले लाप्चा लेख्थ्यो अहिले लेप्चा लेख्नु थालेको छ, लेप्चा एक विकासित रुप हो लाप्चाको । प्राय जसो लेप्चा भारतको सिक्किममा प्रयोग भएको पाइन्छ, लाप्चा नेपालको पुर्वी इलाम भेगमा प्रयोग गरेको पाइन्छ भन्ने कुरा इतिहासमा लेखिएको जानकारी पाइयो ।
सरकारी कर्मचारीहरुले लेखाईमा फरक-फरक बनाए :
म लेप्चा र लाप्चा प्रयोगमा भिन्नता आएको यो इतिहासको कुरामा सहमत पनि छु तर यसरी लेखाईमा कसरी फरक आयो भन्ने बिषयमा मैले गरेको अध्ययन-अनुसन्धान बाट जानकार रहेको मेरो आफ्नै तर्क छ ।
मैले हाम्रो लेप्चा जातको लेखाईमा फरक किन हुदैछ्भन्ने अनुसन्धान गर्ने क्रममा कति ठाउँ बुवाको थर लाप्चा, छोराको थर लेप्चा पनि भेटियो ।
के जात हो भनेर सोध्दा जातको उच्चारण सहि गरे पनि डकुमेन्टमा ल्याप्चे र लाप्चे लेखिएको भेटियो? तपाईंको लेखाईमा किन फरक आयो भनेर सोध्दा उत्तरविहिन छ हाम्रो पुर्खाहरु, सयाद निरक्षर भएको कारणले होला ।
मैले पुर्खाको नागरिकता र दाईहरुको शैक्षिक प्रमाणपत्र लाई अध्ययन गर्दा, नेपाल सरकारका सरकारी कार्मचारीहरुले नागरिकता बनाउने क्रममा धेरै जना लेप्चा जातका लेखाईमा जात नै बिगारी दिएको पाए, तत्काल सच्याउ भन्दा नागरिकतामा के लेख्यो केही जानकार हुदैन थियो किन कि त्योबेला हाम्रो समुदायका व्याक्तिहरु निरक्षर थिए । नगारिकता भनेको आफ्नो परिचय हो, जुन छोरा नातिमा हस्तान्तरण हुँदै जाने क्रममा जात एउटै लेखाइ फरक हुँदै आएको तथ्य थाह पाए । कति ठाउँमा बुवा र छोराको आफ्नो जातको लेखाईमा फरक भेटिनुको कारण चाहिँ विद्यालयका शिक्षकको लापरवाहीले गर्दा भएको अनुमान गर्न सके, किन कि हरेक मान्छेको शैक्षिक प्रमाणपत्र भनेको उसको जिवनभरको कमाई हो, जसले उसको भविष्यलाई निर्धारण गर्ने हुन्छ । जसले त्यही प्रमाणपत्रको अधारमा नागरिकता बनाउने कार्य समेत गरेको हुन्छ । त्यस्तो महत्त्वपूर्ण कागजातमा एक शिक्षकको सानो गल्तीले लेखाईमा बुवा-छोराको जात नै फरकफरक बनाई दिने कारण बन्यो । कति ठाउँमा हतारले, कति ठाउँमा जातको बारेमा अवगत नहुदा पनि जात बिगारेको पाएको छु ।
यसै सन्दर्भ म आफै पनि साक्षी छु? म लेखाई मेरो जात लेप्चा लेख्छु, मेरो शैक्षिक प्रमाणपत्र र नागरिकतामा त्यही छ । आजभन्दा ६ बर्ष अगाडि मेरो लेप्चाको संरक्षण भत्ता लिनको निमित्त पासबुक बनाउन गए, हेर्दाहेर्दै लेप्चा लेख्नु पर्नेमा लाप्चा लेखी दियो, मैले मेरो जात लेखाईमा मिलेन मेरो डकुमेन्टको अधारमा तुरुन्तै सच्याउन आग्रह गरे तर ती कर्मचारीले सहजै लिदै भन्यो कि जात एउटै हो केही फरक पर्दैन भनेर त्यतिकै हातमा थमाइ दिए। अहिले पनि मसग लेप्चा नागरिकतामा, लाप्चा पासबुक र पैसा जम्मा हुने राष्ट्रिय वाणिज्य वैकका खाताको चेकमा गरि जात एउटै लेखाइ फरक भएको प्रमाण छ? अहिलेसम्म केही भनेको छैन, सयाद वास्ता नगरेर होला? भोलिको दिनमा जात सच्याउनेको झन्झट नआउला भन्नू सकिन्न? यो त बिग्रीदा पनि सच्याउन सकिन्छ तर महत्त्वपूर्ण काजजातमा यस्तो भएको भए? बुवाले लेप्चा, मैले चाहिँ लाप्चा लेख्नु पर्ने स्थिति आउने थियो?
हामी जस्तो शिक्षित व्याक्तिलाई अहिलेको अवस्थामा सरकारी कर्मचारीले यस्तो लापरबाही व्यवहार गर्छभने अघिल्लो पुस्ताको हालत के थियो होला?
जादाँजादैं :
लेप्चा र लाप्चाको उच्चारणमा फरक ल्याई दिने अग्रेजी अक्षर A र E ले गर्दा हामीले आर्थिक कारोबारमा अनावश्यक झन्झट पाएको छौ । हामीले बैकमा, आईएममीमा, सरकारी कामकाजमा कहिले लेप्चा र लाप्चा एक हौ भनेर भन्नू पाएको छैनौ ।
यो जात प्रति अपरचित रहेको धेरै मान्छेहरुले सोधेको कारण यो लेख नै तयार गर्नु “लेप्चा र लाप्चा एउटै हो” शिर्षक बनाएर लेख्न बाध्य भए । सबैलाई अवगत रहोस् । लेप्चा र लाप्चा एउटै जात हो । इतिहासले लेखाईमा प्रयोगले फरक बनाएको भनिएता पनि मेरो आफ्नो तर्क पनि प्रस्तुत गरि सकेको छु ।
स्मरण रहोस्, राजनीति अहिले हरेक ठाउँमा घुसिरहेको छ । यसले केही पनि बाकी राखेको छैन, यहाँसम्म कि मरेको मान्छे माथि पनि राजनीति गरि रहेको हुन्छ? भोलिका दिनमा यहि लेखाईको फरकमाथी राजनीति नगर्ला भन्नू सकिन्न? किन कि यहाँ अहङ्कार, पद मोहले जे पनि गर्न सक्छ? हाम्रो लोपोन्मुख जातीलाई क्षतविक्षत बनाउन केहि समय लाग्ने छैन नेताहरुलाई ।
त्यसैले मेरो व्यक्तिगत आग्रह, सक्छौभने हामी लेखाईमा कि लेप्चा, कि लाप्चा लेखेर विश्वभरी छरिएर रहेको हाम्रो समुदायको जातलाई लेखाईमा एकरुपता बनाउ । सक्दैनौंभने नवपिढिलाई लेप्चा र लाप्चा एउटै जात हो, लेखाइमात्र फरक होभन्ने सत्य कुरा हस्तान्तरण गर्न कहिले नभुलुम ।
धन्यवाद ।
लेखक
वाङ्गचु लेप्चा (सुमन)
बुद्वशान्ती-७, धारागोला झापा