मलेसिया : प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाको ११ औं अधिवेशन मलेसियाको क्वलालाम्पुरमा सम्पन्न भएको छ । क्वालालम्पुरस्थित परदेशी रेस्टुरेन्टको सभा हलमा प्रवासी ईलामेली जनसम्पर्क मञ्च मलेसियाका अध्यक्ष राजेश शर्मा विरहीको अध्क्षयता तथा जनजाति आदिवासी महासंघ मलेसियाका अध्यक्ष पिटि शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी आदिवासी जनजाति सहासंघ मलेसियाका अध्यक्ष पिटी प्रवासमा मञ्चले गरेको सामाजिक काम उदाहरणीय रहेको भन्दै प्रशंसा गरे । उनले मञ्चको गतिविधे पिडीत श्रमिकहरुलाई ठूलो सहयोग पुगेको बताए । ‘सम्मानित व्यक्तित्वहरु सामाजिक क्षेत्रको निम्ती एक असल उदाहरण हुन्, उहाँहरुले श्रमिकको निम्ती दिनु भएको योगदान नमूना हुन यस्ता कार्य सबैले अनुशरण गर्न सक्नुपर्छ’ उनले भने ।
विशेष अथिती मलेसियामा समन्वय समितिका संस्थापक राम नेपालले मलेसियामा कार्यरत श्रमिकहरूलाई अवैधानिक नरहन साथै आफ्नो हकअधिकार खोजि गर्नसके अवश्य श्रमिकले हक र हित पाउन सकिने जानकारी सहित समन्वय समितिले मलेसियामा कार्यरत श्रमिकहरूलाई फ्रि सेवा सीप तथा समस्याको समाधान तथा सम्बन्धित निकाय सँगको सहकार्य समन्वय र सम्पर्क गर्ने विषयमा जानकारी दिए ।
त्यसैगरी मञ्चका सदस्य प्रेम लिम्बूले विगतमा संस्थाले गरेका सामाजिक कार्यहरुबारे दर्शाउँदै, ती दिनहरुमा गरेको कामको प्रतिफल ले यस सामाजिक क्षेत्रमा अझ लागि पर्न प्रेरणा मिलेको हो भन्ने कुरा उजागार गर्दै हरेकले नीतिगत र व्यवहारिक कुरालाई सन्तुलनमा राखेर बढ्नुपर्ने कुरा प्रस्ट पारे ।
यस कार्यक्रम अवधिमा अन्य विभिन्न संस्थाका अतिथी तथा मञ्च समिति सदस्य निमा शेर्पा, नवीन मगर, बालकृष्ण घिमिरेलगायत अन्य सदस्यले मन्तव्य राख्दै प्रवासी ईलामेली जनसम्पर्क मञ्चलाई मलेसियामा एक उदाहरणीय संस्थाको रूपमा चिनाउने तथा मलेसियामा कार्यरत हरेक ईलामेलीलाई संस्थामा संगठित राख्न बताए ।
आर्थिक वर्ष २०१७/२०१८ को वार्षिक प्रतिवेदन मञ्चका निवर्तमान सचिव सुजन मेवाहाङले र आर्थिक प्रतिवेदन मञ्चका निवर्तमान कोषाध्यक्ष सुरेन लिम्बूले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा स्वागत मञ्चका सदस्य जिवन अविरल लिम्बुले र सञ्चालन उपाध्यक्ष योगेन घिमिरेले गरेका थिए ।