सडकमै हटिया यातायातका साधन लाइ सास्ती

गोबिन्द पौडेल 

हर्कटे : सुयोदय नगरपालिकाले नागरिकहरुलाइ सहज बनाउन मेची राजमार्गमा सडक फराकिलो बनाउने अभियान संचालन गरेर गतिलो कामको शुरुआत गरेको भएपनि सडक क्षेत्रमानै लाग्दै आएको हटिया ब्यवस्थापन गर्न नसक्दा उक्त सडकमा गुड्ने सवारी साधनलाइ भने सास्ती भएको छ ।

सुयोदय नगरपालिका र रोङ गाउपालिकाको सिमानामा लाग्ने हर्कटे बजारलाइ मेची राजमार्गबाट हटाए पनि हर्कटे तारगाउ जिर्मले सडकमा नै साप्ताहिक हटिया लगाउदा त्यस सडकमा गुड्ने यातायातका साधनहरुलाइ भने सास्ती भएको हो ।

हरेक मंगलबार लाग्ने हटियामा पसले हरुले डोरी टागेर पाल लगाउने गरेका र गाडी गुडाउने अर्को बाटो नहुदा सोही बाटोबाट गाडी गुडाउदा डोरी चुटिने र पाल च्यातिने भएपछि आफुहरुले सधै समस्या खेप्नुपरेको एक सवारी चालकले गुनासो गरे ।

हालसम्म सुयोदयन गरपालिकाले हाटकर लिने गरेको भएपनि न त कुनै टहरो बनाएको छ न कुनै सुबिधा कसैको घरको पेटीमा पसल फिजाउनु परेको कारण कति पय अवस्थामा आफ्नो घर अगाडी पसल फिजाउन नदिदा आफुहरुलाइ समस्या हुने गरेको पसलेहरुको भनाइ रहेको छ ।

हर्कटे बजार ब्यवस्थापनको लागि बैकल्पिक ठाउको ब्यवस्था नगरिदा स्थाइ पसलहरुको घरमा जान सकेत नसक्ने अवस्था देखिने गरेको छ । नागरिकहरुको सुबिधाकोलागि मेची राजमार्ग फराकिलो बनाउने सोच बोकेको सुर्योदय नगरपालिकाले अर्को राजमार्गको पेटीमा साप्ताहिक हाट लगाउन उपयुक्त नहुने स्थानिय बासीहरुनै बताउछन् उनीहरुको भनाइ छ बजार सोही ठाउमा लगाउने भएपछि बाटोलाइ अर्को ठाउबाट स्थानन्तर गरिएमा स्थाइ समाधान हुने छ तर नागरिकहरुको वास्तबिक समस्या कस्ले सुनि दिने स्थानिय श्रीप्रसाद खरेलले बताए ।

हर्कटे बजारमा देखिएको समस्या समाधानको लागि सुर्योदय नगरपालिकाले प्राबिधिक सहित पठाएको प्रतिनिधिहरुले यो बिषय बिकल्प सहित उठाएको र समस्या समाधान हुनेमा आशाबादी रहेको ब्यपारी दुर्गा निरौलाको भनाइ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार