मलेसियाबाट छोराको शव चाँडो नेपाल ल्याईदिन आग्रह

कपिलवस्तु : कपिलबस्तु बाट रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।

जिल्लाको कपिलवस्तु नगरपालिका ७ धमौली बस्ने भोला यादवको २८ वर्षीय छोरा परदेशी यादवको मृत्यु भएको हो ।

मलेसियाको एक कम्पनीमा कामदारको रूपमा कार्यरत रहेका यादवले शुक्रबार बिहान खाना खाएर डिउटी जाने क्रम मृत्यु भएको मृतक यादवका मामा गोपाल यादवले बताएका छन् ।

करिब दश महिना अगाडि वैदेशिक रोजगारीको क्रममा यादव मलेसिया गएका थिए ।

यता मृतकको शव मलेसियाबाट चाडो नेपाल ल्याईदिन सम्बन्धित निकाय, नेपाली दूतावास र नेपाल सरकारलाई मृतकका परिवारले आग्रह गरेको छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार