गोबिन्द पौडेल
रोङ : नेपाल बिद्यालय कर्मचारी परिषदले अाज र भोली देशभरको बिद्यालयहरु बन्द गर्ने भनिएको कार्यक्रम स्थगित गरेको छ ।
आफ्ना पेशागत हक हितको लागि बिभिन्न मागहरु राखि चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बिद्यालय कर्मचारी परिषदका मागहरु नेपाल शिक्षक महासंघले पनि उठाउदै गरेकोमा उक्त शैक्षिक हडतालको कार्यक्रम प्रति नैतिक सर्मथन गरेको भएपनि नेपाल सरकार शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्रालयले बिद्यालय कर्मचारीहरुको माग संबोधन गर्न सरकार र कर्मचारीहरुको प्रतिनिधिबिच वार्ता चलिरहेको रसंसदमा पेश हुने शिक्षा बिधेक २०७५ बाट कर्मचारीहरुको माग संबोधन हुनेहुदा वातावरण बनाउन आन्दोलन फिर्ता लिन आग्रह गदै प्रवत्तता बैकुण्ठ प्रसाद अर्यालद्धरा हस्ताक्षरीत बिज्ञप्ति प्रकासित भएपछि नेपाल बिद्यालय कर्मचारी परिषद केन्द्रिय आन्दोलन परिचालन समितिका संयोजक शान्तिराम योगीद्धरा आन्दोलन फिर्ता गरिएको नेपाल बिद्यालय कर्मचारी परिषद सुयोदयन गर समितिका सचिव ठाकुर नेपालले बताए ।
हाललाइ अर्को सुचना नआएसम्म बिद्यालय आन्दोलन स्थगित रहेकोले पुर्व घोसित भोली र पर्सि बिद्यालय बन्द नहुने हुदा नियमित बिद्यालय संचालन गर्न नेपालको आग्रहगरेको छन् ।






















































