इलाम : इलामको सूर्योदय नगरपालीका. २ को चारमाई जङ्गलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको एक लाख तिस हजार बराबरको सामान पशुपतिनगरबाट खटिएको प्रहरीको टोलीले बेवारिसे अवस्थामा फेला पारेको छ । फेला परेका सामानहरूमा सादा कुर्ती साडी १२ पिस, प्रिनटेड सुती साडी १० पिस,सल १ सय ६० पिस,ब्लाउज १ सय ८० पिस,पेन्टि ९५ पिस,प्रिन्टर सेन्डो ६० पिस,ठुलो टि-सट ५० पिस,बनाएको टि-सट ५९ पिस, बेबि बल्याङकेट ५ पिस रहेका छन् । फेला पारिएका सामान आवश्यक कारबाहीको लागि पशुपतिनगरमा ल्याई राखेको र थप अनुसन्धान सँगै भन्सारमा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।