प्रेस स्वतन्त्रता विरोधी प्रावधान तत्काल सच्याउन माग

काठमाडौं : नेपाल पत्रकार महासंघले नयाँ मुलुकी ऐनमा राखिएको प्रेस स्वतन्त्रता प्रतिकूलको प्रावधान तत्काल सच्याउन माग गरेको छ ।

महासंघको केन्द्रीय कार्यालयमा शुक्रबार भएको छलफलमा अध्यक्ष गोविन्द आचार्यले नयाँ मुलुकी ऐनमा २०० भन्दा बढी प्रावधान प्रेस स्वतन्त्रताविरोधी रहेको भन्दै तत्काल सच्याउन माग गरे ।

तत्काल नसच्याइए महासंघ सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत उनले दिए ।

विद्युतीय कारोबार ऐनको मारमा परेका पत्रकारहरुलाई सरकारले थप पीडा दिने प्रावधानसहित नयाँ मुलुकी ऐन ल्याएको उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी अरु पत्रकारहरुले सरकारले ल्याएको नयाँ मुलुकी ऐन मिडियाको हकमा आकर्षित नहुने प्रावधान राख्न र सार्वजनिक पद धारण गरेका व्यक्तिले गरेका कामको आशय तल–माथि नहुने गरी व्यंग्य गर्ने अधिकार पत्रकारहरुलाई रहनुपर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार