पाँचथर : माछा मार्न खोलाान गएका पाँचथरको कुम्मायक गाउँपालिका–४ का देविप्रसाद लिम्बू बेपत्ता हुनुभएको छ ।
फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको बीचबाट बग्ने हेंवा र फेमे खोलामा माछा मार्न गएका लिम्बू दुई दिनयता बेपत्ता हुनुभएको हो । उहाँसँगै माछा मार्न गएका दुईजनाले लिम्बू बेपत्ता भएको परिवारलाई जानकारी गराएका थिए ।
बेपत्ता लिम्बूको खोजी गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको पाँचथर प्रहरीले जनाएको छ ।उज्यालो अन्लाईन बाट।















































