अलैची पनि घुम्तेबाली

गोबिन्द पौडेल

इलाम : पहिला पहिला एक पटक रोपेको अलैचीले बीस तीस बर्षसम्म लगातार आम्दामी दिने गरेको भएपनि अहिले आएर अलैची खेती घुम्ते वाली बनेको छ ।
सिमसार र जंगलमा हुने अलैची केही बर्ष यता किसानहरुले अन्न फलाउने बारीमा रोपेको र त्यो पनि बढीमा रोपेको पाच बर्ष सम्म मात्र टिक्ने र त्यसमा पनि बढीमा तीन बर्षमात्र फल दिने र पुन आम्दामी लिन अर्को ठाउमा राेप्नुपर्ने भएको कारण पनि अलैची घुम्तेबाली बनेको हो ।

पुराना बोटहरु बिभिन्न संक्रामक रोगको कारण मासिएपछि किसानले निक्कै मेहनत गरेर पुर्नस्थापना गरेको अलैची खेती किसानहरुको लागि आम्दामीको भरपर्दाे श्रोत र हुने जती सबै बारीमा रोपिएको अव सबै एकैपटक मासिने भएपछि किसानमा चिन्ता परेको हो । किन र के कारणले यस्तो भयो भनेर अहिलेसम्म कुनै खोजी नगरिएको किसानहरुको गुनासो रहेको छ ।

इलामको प्राय सबै भुभागमा रहेको अलैची खेतीमा जलबायु परिवर्तनको प्रभाव परेको हुनसक्ने रोङ ६ का किसान याम अधिकारीको ठम्मयाइ रहेको छ। यसबारेमा सबै तहका सरकारले अध्धयन गरि चाडो भन्दा चाडो कुनै खास कार्यक्रम नल्याएमा फेरी अलैचीको नामोनिसान मेटिने संभावना रहेको छ ।

नेपालकै सबैभन्दा बढी निर्यातमुलक, मसला बाली अलैची नेपालमा अलैचीकोखेती भारतको सिमानामा जोडिएको जिल्ला इलाम , पाचँथर र ताप्लेजुङ्गमा करिब दुइसय बर्ष अघि भित्रिएको थयो। सिमानामा भारतमा रहेको आफन्त कहाँ आवत जावतको क्रममा भारतको सिक्किमबाट सोखले दुइ चार बोट ल्याएर रोपेको र पछि मात्र आम्दामीको श्रोत देखीएको कारण अलैचीको उत्पती सिक्किम बाट भएको अनुमान गरिएको छ ।

तात्लेजुङ्गको सिकैजामा अलैची खेती हुरु गरिएको करिव १२० बर्ष भएको मानिन्छ । इलाममा भने फिक्कल, पशुपतिनगर ,श्रीअन्तु , गोर्खे लगायतको स्थानमा शुरुआत भएको मानिन्छ । पछि अन्य स्थानमा बिस्तार भएको मानिएको र अलैचीको महत्व बुझ्दै गएपछि बिसं १९९० सालदेखी अलैची खेतीको बिस्तार र बिकाश भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार