वैदेशिक रोजगारीका क्रममा एक वर्षमै ८२१ जनाको मृत्यु

काठमाडौं : रोजगारीको खोजीमा विदेश जाने युवाको संख्या विगत ३ वर्षदेखि लगातार घटे पनि रोजगारीकै क्रममा ज्यान गुमाउनेको संख्या भने बर्सेनि बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

वैदेशिक रोजगारीमा जानेको संख्या १५ प्रतिशतले घटे पनि मृत्यु हुनेको संख्या ८ प्रतिशतले बढेको पाइएको छ । सरकारले वैदेशिक रोजगारीमा जाने युवामा देखिएको बढ्दो मृत्युको कारण अध्ययन गर्न नसक्दा मृत्युदर घट्न नसकेको हो ।

आर्थिक वर्ष २०७३/७४ मा वैदेशिक रोजगारीका क्रममा ७५५ नेपालीको मृत्यु भएकोमा गत आवमा यो संख्या बढेर ८२१ पुगेको छ । यो संख्या विदेशमा मृत्यु भई आर्थिक सहायता पाउने युवाको संख्यामात्र हो । आर्थिक सहायतको परिधिमा नपरेका कारण गणनामा नपरेका मृतक नेपालीको संख्या जोड्ने हो भने अझ बढी हुने देखिन्छ । –कारोबार दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार