आम्दामी लिने बेलामा जंगली जनावरले अलैची सखाप

गोबिन्द पौडेल

रोङ : बर्षभरि मेहनत गरेर आम्दामी लिने बेलामा जंगली जनावरले अलैची सखाप पारिदिने भएपछि किसानहरु ह्ैरान बनेका छन ।

मासिदै गएको अलैचीको मुल्य बढेपछि किसानहरुले आफ्नै बुताको प्रयोग गरेर खेत र बारीनै मासेर अलैची खेती गरिरहेकोमा दिनमा आउने बादरले अलैचीको नलि च्यातेर ध्वस्त पारिदिने गरेपछि बर्षभरीनै बादर धपाउन किसानको बसाइ अलैची बारीमानै हुने गरेपनि यसको फल टिप्ने बेलामा मुसाले फल काटीदिने र कालाले फल खाइदिने गरेपछि किसानको बार्षिक मेहनत खेर गएको हो ।

पहिला पहिला जंगदमा हुने अलैची रोगको कारण मासिएपछि अहिले किसानले पहिला अन्न उत्पादन गर्ने बारीनै मासेर लगाएका छन् । बादरलाइ त रुगेर धपाउन सजिलै रहेको छ तर रातमा आउने मुसा र कालाबाट कसैगरि जोगाउन नसकिएको किसानहरुको दुखेसो रहेको छ ।

बर्षादको समयमा झाडी धेरै हुने र मुसाहरु वस्न सजिलो हुने र बारीमा अन्न खेती नभए पछि मुसाले जे भेट्यो त्यहि खाने गरेको कारण पनि महंगो मानिने अचैची मुािले सखाप पारेको हो । बादरले अलैचीको डाला च्यातेर बोट ध्वस्त पारिदिने ,मुसाले अलैचीको फललाइ काटेर नोक्सान पुर्याउने गरेको छ भने कालाले पाकेको अलैची उक्काएर त्यस को दाना खाने गरेको किसानहरुको भनाइ रहेको छ ।

बर्षादमा खानेकुरामा बिषादी मिसाएर प्रयोग गर्दा धेरै प्रभावकारी नदेखिए पनि बगान बरिपरिको सरसफाइ गरे राम्रो हुने जानकारहरुको भनाइ रहेको छ । यतिबेला इलामको दक्षिणी क्षेहरुमा अलैचीको टिपाइ धमाधम भइ रहेको छ भने कतिपय किसानहरुले त सुकाएर बजार सम्म पुर्याइ सकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार