प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक बिरामीलाई  रगत

लाेकने थेबे
माईजोग्माई  : इलामकाे माईजोगमाइ ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक बिरामीलाई  रगत दिएको छ । 
मध्य बर्खाको कारण यातायत नचलेको र बिरामीको शरीरमा  रगत कम भएकाले माइजोगमाइ ६ का पन्जापसिंङ थेबेलाई रगत दिएको प्राथमिक स्वाथ्य केन्द्रका हेल्थ अस्टिेन हिमालराज भण्डारीले बताए ।
केही महिना देखि शरीरमा रगत उत्पादन नभएको र दुइ‍ पाउड मात्र रगत भएकाले परिवारको रोहवरमा रगत दिएको हाे ।  स्वाथ्य मानिसमा १३ पाउड माथी रगत हुनु पर्ने हो तर बिरामीको रगतको मात्रा अत्यन्तै थोरै भएकाले स्वास्थ्य केन्द्रमा नै रगत दिनुपरेको भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार