विराटनगर : प्रदेश नम्बर–१ मा घरेलु हिंसासम्बन्धी विधेयक प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले पेस गरेको सो विधेयकमाथि सैैद्धान्तिक छलफलपश्चात् शुक्रबार विधेयक बहुमतले पारित भएको हो ।
प्रदेशसभामा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले उक्त ऐन लागू भएपछि घरेलु हिंसा न्यूनीकरणमा सफलता मिल्ने विश्वास व्यक्त गरे ।
विधेयकमा पीडितका लागि प्रत्येक स्थानीय तहमा संरक्षण अधिकृतको व्यवस्था गर्ने, पीडितको पुनःस्थापना केन्द्र स्थापना गर्ने, पीडकको सम्पत्ति पीडितलाई उपलब्ध गराउनेलगायतका विषय उल्लेख छन् ।