कान्छो जिल्ला रुकुम पूर्वमा नागरिकता बनाउनेहरु बढ्दै

रुकुम । नेपालको कान्छो जिल्ला रुकुम पूर्वमा नागरिकता बनाउनेहरु बढ्दै गएका छन् ।

साविकको रुकुम हाल रुकुम पश्चिम र रुकुम पूर्व गरी दुई जिल्लामा विभाजित छ ।

नयाँ जिल्ला कायम भएसँगै १० महिनाको अवधिभित्र रुकुम पूर्वमा ३ हजार ३ सय ६६ जनाले नागरिकता लिएका हुन् ।

जसमध्ये २ हजार ५ सय १४ जनाले नयाँ नागरिकता बनाएका छन् भने ८ सय ५२ जनाले प्रतिलिपी नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

तीन स्थानीय तह सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिका मिलेर नयाँ जिल्ला बनेको रुकुम पूर्वको जनसंख्या करिब ५७ हजार छ ।

हाल अस्थायी सदरमुकाम रुकुमकोटबाट सक्कल र प्रतिलिपी गरेर दिनहुँ ३० देखि ४० जनाले नागरिकता लिने गरेका छन् ।

तर राहदानीका विषयमा भने धेरैजसो सेवाग्राही काठमाडौं जाने भएकाले जिल्लामा राहदानी फाराम प्रमाणित मात्र गर्नुपरेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

रुकुम पूर्वमा हाल अस्थायी सदरमुकाम रुकुमकोटबाट सरकारी कामकाज सञ्चालन भइरहेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार