बिहानै तीन घर पु-यो, एक जनाको ज्यान लियो

जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । घर पुरिदा एक जनाको ज्यान गएको छ ।  एक जनाको उद्दार गरिएको छ । भेरी नगरपालिका ३ ठाटीँबजारमा पहिरो गएको हो । घटनाको थप विवरण आउन बाँकी छ । अहिले सेना र प्रहरीले उद्दारको काम थालेका छन् ।

सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले थप उद्धारकार्य चलिरहेको प्रहरीले जनाएको छ । घरभित्र मानिस रहेको अनुमान गरिएको थियो । घटनास्थलमा उद्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार