शान्तिपुर : शान्तिपुर बरफल्याग सात कटेरी हुदै झापा जोड्ने सडकको ठूलो नेते खोलामा काठको पुल निर्माण सम्पन्न भएको छ ।
अर्जुनधारा नगरपालिकाको ५ लाख रुपैया अनुदान र हलुवा गड सामुदायिक बन र बरफल्याङ सामुदायिक बनको लगानीमा पुल निर्माण भएको रोङ २का वडा सदस्य चन्द्रशेखर घिमिरेले बताउनु भयो ।
१ सय ५० फुट लम्बाइ र ७ फूट चौडाइको पुल निर्माण भएपछि साना र हलुका सवारी साधनहरु आवत जावत गर्न सजिलो भएको छ ।















































