मौरीपालन बिषदीमुक्त बनाउने प्रयास

गोबिन्द पौडेल

रोङ : बिषादीको प्रयोगबाट मानब स्वास्थ्य र वातावरणमा नकरातमक प्रभाव परेको चिन्ता बढीरहदा रोङ गाउपालिकाले किसािनहरुलाइ मौरीपालन गराएर बिषदीमुक्त बनाउने प्रयासको थालनी गरेको छ ।

भौगोलिक हिसावले चुरे क्षेत्रमा अवस्थित रोङ गाउपालिकामा भुक्षयको समेत संभावना रहेको र प्रसस्त मात्रामा चुरेका वनहरुमा मौसमी फुलहरु पनि पाइने भएको कारणबाट आय आर्जनको लागि मौरी पालन गराउन प्रेरित गरेको हो ।
मौरी पालनको संभावना रहेको बिज्ञहरुले सल्लाह दिएपछि गत बर्षनै रोङ गाउपालिकाले आठलाख रकम विनियोजन गरेर संभब्यताको अध्ययन गरि किसानहरुलाइ तालिम दिएर रोङ ४ को किटेनिमा मौरी रिर्सच सेन्टरको स्थापना गरेर पुर्वाधार समेत तयार गरेको छ ।

तरकारी र फलफुल खेतीमा निर्भर किसानहरुले बिषादीको प्रयोग अत्याधिक गर्ने गरेकोमा किसानहरुलाइ बिकल्प बिनानै बिषादीको प्रयोग घटाउन नसकिने भएपछि मौरी पालनमा प्रेरित गरिएको र बिषादीको प्रयोग गरेमा आफैले पालेको मौरी मर्ने भएपछि आर्गेनिक पद्धतीको लागि मौरी पालनको रणनिति ल्या्रएको हो ।

गाउपालिकाको सबै वडाहरुमा संभावना देखिएको मौरी पालनकोलागि तालिम दिएर घार बितरण लगायतको अभियान समेत पुरा गरेको छ । स्थानिय स्तरमानै मौरी बिशेषज्ञ तथा पूर्वाञ्चल श्रोत केन्द्रका श्रोत ब्याक्ति रहेपछि रोङ ६ सलकपुरका कुमार मोक्तानलाइ मौरी रिर्सच सेन्टरका प्रमुख नियुक्त गरेर कार्यक्रमलाइ निरन्तरता दिने गाउपालिकाले जनाएको छ । यसै क्रममा गाउ पालिकाले यस बर्ष बिसलाख रकम बिनियोजन गरेको रिर्सच सेन्टरका प्रमुख कुमार मोक्तानले बताए ।
रोङका सबै वडाहरुमा किसानहरुले अहिलेसम्म असंगठित रुपमा मौरी पालन गरिरहेकोमा अहिले किसानहरुलाय संगठित गरेर किसान समुह निमार्ण र तालिम दिने काम निरन्तर चलाइनेमोक्तानले बताए ।।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार