इलाम : इलामनगरपालिका ७ ठूलो टुडिखेल नजिकै छेउमा रहेको एक किराना पसलमा आगलागि भएको छ ।
आगलागिबाट ४० हजार रुपैंयाँ बराबरको क्षति भएको छ । गएराति करिब साढे ९ बजे शान्ति तामाङको घरमा भाडामा किराना पसल सञ्चालन गर्दै आएका कौशिला राईको किराना पसलमा चुरोटको ठुटोबाट अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट पसलमा रहेको बिभिन्न सामान, खाद्यय सामाग्री लगायतका सामाग्री जलेर नष्ट भएको छ । आगो प्रहरी र स्थानीले आधा घण्टापछि नियन्त्रणमा लिएका थिए । आगो निभाउने क्रममास्थानिय सुमन श्रेष्ठ र प्रमिला राई सामान्य घाइते भएका छन ।















































