१२ कक्षाको नतिजा आज आउने

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज प्रशाशित गर्ने तयारी गरेको छ ।

यसअघि बोर्डले बुधवार नतिजा सार्वजनिक हुने बताएको थियो । तर प्राविधिक समस्याका कारण हिजो नतिजा सार्वजनिक गर्न नसकिएकोले आज सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

कक्षा १२ मा करिब ४ लाख विद्यार्थी सहभागी छन् । यस पटक बोर्डले नियमितको अक्षरांकमा र आशिंकको नम्बरमा नतिजा प्रकाशित गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार