सवारीसाधन कर असुली ठेक्काको बोलपत्र आह्वान गरीएको सूचना
0
Shares
माङसेबुङ गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
इभाङ्ग, इलाम
१ नम्बर प्रदेश, नेपाल
मिति : २०७५।०४।१५
प्रथम पटक प्रकाशित भएको मिति २०७५ श्रावण १५ गते
सवारिसाधन कर असुलि ठेक्काको बोलपत्र आह्वान गरीएको सूचना
यस माङसेबुङ गाँउपालिका क्षेत्रभित्र पर्ने माङसेबुङ गाँउपालिकाको कार्यालय, ईभाङ ईलामले निर्धारण गरेको दररेटमा बिभीन्न बस्तुहरुमा लगाइने सवारी साधन कर मिति २०७५ भदौ १ गतेदेखि २०७६ आषाढ मसान्त सम्मका लागि ठेक्का दिइने भएकाले इच्छुक ब्यक्ति वा फर्महरुलाई देहायको शर्त बमोजिम हुने गरी बोलपत्र दिन यो सुचना प्रकाशित गरिएको छ।
शर्तहरु
बोलपत्र फाराम बापत प्रति फाराम रु.५००० (पाँच हजार मात्र) पछि फिर्ता नहुने गरि यो सुचना प्रकाशित भएका मितिले १५ (पन्ध्र) औँ दिनको १ बजेसम्म यस कार्यालयबाट बोलपत्र फाराम खरिद गर्न सकिनेछ।
यो सुचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) औँ दिनको २ बजे भित्र कार्यालयमा शिलबन्दि बोलपत्र दाखिला गराइसक्नु पर्ने छ र सोहि दिन दिनको २:३० बजे कार्यालयका तथा ठकेदारको प्रतिनिधिहरुको रोहबरमा बोलपत्र खोलिनेछ।
बोलपत्र शिलबन्दि हुनुपर्ने छ र बाहिरपट्टी बोलपत्र खरिद कर्ताको नाम ठेगाना सवारी कर बोलपत्र भनि लेखेको हुनुपर्ने छ।
ठेक्काको न्युनतम अंक रु २० लाख मात्र रहने छ।
न्युनतम अंक माथी सबैभन्दा बढि अंकलाइ स्विकृत गरिनेछ।
ठेक्का रकम अंक र अक्षर दुबै मा लेखिएको हुनुपर्ने छ, अंक र अक्षर फरक पर्न गएमा अक्षरमा लेखिएकोलाइ मान्यता दिइनेछ।
केरमेट भएको अंक र अक्षरलाई मान्यता दिइने छैन, उक्त बोलपत्र उपर कारबाहि हुने छैन।
बोलपत्र स्विकृत गर्ने/नगर्ने सम्पुर्ण अधिकार गाँउपालिकामा निर्भर रहेनछ।
दररेट गाँउपालिकाले निर्णय गरेबमोजिम हुनेछ।
कबोल गरेबमोजिमको अंकको ५% हुन आउने रकम नगरपालिकाको नाममा रहेको कृषिबिकास बैक धरौटि खाता नं. ०६०११०११५१४२००१८ खातामा जम्मा गरेको बैंक भौचर शिलबन्दि बोलपत्र साथ संलग्न गरी पेश गर्नु पर्ने छ।
कर असुल गर्ने नाका-क्षेत्र
दमक-चिसोपानि-रबि सडक अन्तर्गत चपेटी नाका,
मंगलबारे गजुरमुखी ईभाङ सडक अन्तर्गत गजुरमुखी धाम नाका,
माङसेबुङ-भालुटार-महमाई-दानाबारि-बिर्तामोड सडक अन्तर्गत कोइले डाँडा नाका
महेन्द्रोदय मा.वि खड्कुडे-लुम्दे नाका,
चिसोपानि पञ्चमि-साकफारा सडक अन्तर्गत दारेगौडा नाका,
चतुरे फुलुङ्गि महमाई सडक अन्तर्गत फुलुङगि नाका,
देउमाई फाकफोक दोभान नाका,
चिसोपानि-पञ्चमी नाका,
गजुरमुखी-देउरालि अन्तर्गत हुलाक नाकाबाट बाहिरिने र भित्रिने रहनेछन्।
न्युनतम अंकको पाँच प्रतिशत रकम ठेक्का खोल्नु अगाडि नै बुझाउनु पर्ने तथा उच्चतम अंक बोलि ठेक्का सकार नगरे उक्त रकम जफत गरिनेछ ।
रामराज पौडेल
प्रमुख प्रशासकीय अधिकृत
नोटः बोलपत्र सम्वन्धी शर्तहरु तथा दर्रेट सम्वन्धी विस्तृत विवरण यस कार्यालयको www.mansebungmun.gov.np मा राखिएको छ । कार्यालयको सूचना पाटीमा समेत टाँस गरिएको व्यहोरा समेत सम्वन्धीत सबैमा अनुरोध छ ।
थप जानकारिका लागि सम्पर्क नम्बर ९८५२६८५४४५ / ९८२४९६३१३३