देउमाइ नगरपालिकाले ४० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गर्दै

  नयाँ बुलन्द
49 Shares

 

इलाम : इलामको देउमाइ नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ का लागि कृषकलाई ४० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण प्रक्रिया सुरु गरेको छ । नगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाले मङ्सिर १४ गते सूचना जारी गर्दै च्यापकटर र मौरीघार वितरणको लागि सात दिनभित्र आवेदन दिन किसानलाई आग्रह गरेको हो ।

सूचनामा कृषकले निवेदन फारमसँगै नागरिकताको प्रतिलिपि, राजस्व तिरेको रसिद, मालपोत तिरेको रसिद, पारिवारिक विवरण लगायतका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्ने उल्लेख गरिएको छ ।

नगरपालिकाले तोकिएको समयमा निवेदन नदिने कृषकले कोटाभित्र पर्न नसक्ने र यसअघि अनुदान प्राप्त गरेका किसानलाई यसपटक प्राथमिकता नदिइने जनाएको छ । कार्यक्रमका बारेमा थप जानकारी कृषि तथा पशुपन्छी विकास शाखाबाट प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार